शिव कुमार साह
लहान साउन ९ । सिरहाको लक्ष्मण ललिता कुशवाहा माध्यमिक विधालय रघुनाथपुर,लहान -३ ले अनलाइन प्रविधिवाट कक्षा संचालन गर्न कक्षा ४ देखि १२ समका अध्यणरत विधार्थिहरुकालागि C.U.G. सिम बितरण गरेका छन् ।
काेराेना महामारीको कारण विगत लामाे समयदेखि थप रहेकाे शैक्षिक संस्थाले विधार्थिहरुका पठनपाठन धरापमा परेकाले यस प्रति विधालय लगायत तिनै तहकाे सरकार चिन्तित रहेकाे देखिन्छ ।
विधालय व्यवस्थापन समितिको अध्यक्ष राम नारायण महताे भन्नू हुन्छ विधार्थिहरुकाे शैक्षिक गुणस्तर लाई तत्काल सुधार गर्ने अभिप्रायले याे सिम वितरण गरेको छु । यसवाट अनलाइन कक्षा संचालनमा राम्रो हुनेछ । तर अनलाइन विधिबाट याे क्षेत्रमा कक्षा संचालन गरे पनि भरपर्दो हुने जस्तो देखिदैन कतिपय अभिभावकलाई याे महामारीको समयमा हात मुख जाेडने समस्या रहेकाे छ । त्यो अवस्थामा उ कसरी एउटा राम्रो माेवाईल किन्न सक्छ । कतिपयले व्यवस्था गरेपनि कुनै कुनै ठाउँमा टावरकाे अभाव,विधार्थिकाे नियमित उपस्थित नहुने देखिएकोले याे विधि तत्कालको लागि मत्रै हाे । सिरहा जिल्लामा हाल काेराेना महामारीकाे अवस्था न्यून रहेकोले भाैतिक उपस्थितिमा कक्षा संचालन गरेपछि कुनै असर पर्दैन । यसकोलागि सराेकारबला निकायले जति सक्दाे विधालय संचालनकाे वातावरण बनाईदिनुपर्ने देखिन्छ ।
विधालयकाे प्रअ शिव शंकर महताे भन्नुहुन्छ हामीले यसजिल्लाभरिमा पहिलो सिम वितरण गरेका हाैं अब छिटै अध्यक्ष संग समन्वयगरि अनलाइन माध्यमबाट पठान पाठन गराउने छु ।
स्थानीय अभिभावक विलेक्ष्ण महताे भन्नू हुन्छ हामीले राम्रो अध्यक्ष पाएका हाैं । वहाँ भएदेखि विधालय दिन प्रतिदिन प्रगतिकाे पथमा अगाडि बढिरहेको छ । वहाँ अधिकान्स समय विधालयमा दिनु हुन्छ र प्रत्येक हप्ता शैक्षिक गतिविधि गर्नु हुन्छ । सथै वहाँले लहान नगरपालिकाकाे मेयर मुनिसाह र शिक्षा संयाेजक राज कुमार साह सँग पनि समन्वय गरेर अगाडि बढीरहेकोले याे विधालय लनपाकाे नमुना विधालय बन्नतिर उन्मुख भईरहेकाे छ ।
अहिले स्थानीय बुद्धिजीवी नागरिक समाज शिक्षा प्रेमीहरुले अध्यक्ष महताेकाे काम काजकाे प्रशंसा गरिरेकाे दर्शाउनु भयाे ।