शिव कुमार शाह
लहान असार ६ सिरहा । सिरहाको लक्ष्मण ललिता कुशवाहा माध्यमिक विधालय व्यवस्थापन समितिको अध्यक्ष राम नारायण महताेले मंगलवार लहान स्थित सामुदायिक विधालयकाे अध्यक्ष,प्र.अ र निजि विधालयकाे प्र.अ हरुविच संयुक्त बैठक गरेकाे छ ।
बैठकमा सबैले आआफ्नो तर्क फरक-फरक दृष्टिकाेणले प्रस्तुत गरेपनि सबैको एउटै आवाज विधालयमा विधार्थीकाे भाैतिक उपस्थितिमा कक्षा सुचारु गरेर मात्र हामी गुणस्तरीय शिक्षा दिन सक्छौ । हालकाे अवस्थामा सार्वजनिक सवारीसाधन,सार्वजनिक कार्यालयहरु,हाट बजार समेत सुचारू भएपनि राज्यले विधालय बन्द गरेर शैक्षिक अवस्थालाई धरापमा पारेको देखिन्छ ।
बैठकमा लिट्टिल स्टार.से.ई.बाे स्कुलको प्रिन्सिपल तथा लहान शिक्षा समिति सदस्य जय प्रकाश चाैधरीले अनलाइनकाे माध्यम वाट हाम्रो ठाउँमा पठनपाठन गराउन कठिनाइ भएकाे छ । यसमा विधार्थीकाे उपस्थिति निरन्तर न रहेकाे जनाउनु भयाे ।
सगरमाथा मावि ढाेढनाकाे अध्यक्ष तथा लहान शिक्षा समितिको सदस्य विरेन्द्र चाैधरीले हाम्रो लहान समृद्ध लहान बनाउन शिक्षालाई सुधारगरि गुणस्तरीय शिक्षामा जाेडदिन सराेकारवाला सबै पक्षले ईमानदारीका साथ लाग्नु पर्ने देखिन्छ यसकाे लागि हामी सबै मिलेर लहानलाई शैक्षिक हबकाेरुपमा चिनाउनु पर्छ ।
देव आईडियल से.ई.बाे स्कुलकाे प्रिन्सिपल तथा प्यावसनकाे प्रदेश नं २ काे अध्यक्ष मुरारी प्रसाद साहले समुदायिक र निजि विधालयकाे संयुक्त बैठक राख्नु भएको महताेलाई धन्यवाद दिदै काेभिड १९ काे कारण सबै भन्दा बढी छात्र छात्रा र विधालयनै मारमा परेकाेले अब पनि सुरक्षाको सम्पूर्ण मापदण्ड अपनाएर विधार्थीकाे भाैतिक उपस्थितिमा कक्षा संचालन गर्नु पर्ने देखिन्छ । यसकाे लागि हामीले जिल्ला अधिकारी समक्ष अनुराेध पत्र समेत बुझाएकाे जानकारी गराउनु भयाे ।
बैठकमा नेपाल प्यवसनकाे जिल्ला अध्यक्ष शिव कुमार साहले याे बैठक ऐतिहासिक बैठक भएकाे छ यसबाट निजि र समुदायिक विधालयका शिक्षकहरु एकै ठाउँमा बसेर शैक्षिक गुणस्तरकाे वारेमा चिन्तन गरेपछि शैक्षिक क्षेत्रमा टेवा पुग्ने भएकोले यसलाई निरन्तरता दिनुपर्नेमा जाेड दिनुभयाे ।
लहान एभरेस्ट कलेजकाे संस्थापक एवं एन प्यावसन सिरहाको जिल्ला उपाध्यक्ष चक्रपाणी दहालले सराेकारवाला पक्षले हामीलाई अहिलेकाे अवस्थामा कक्षा ६ देखि १० सम्म सुरक्षाको सम्पूर्ण मापदण्ड अपनाएर संचालन गर्न अनुमति दिए यसमा जाेखिम नहुने देखिन्छ किनकि सिरहा जिल्लामा काेराेनाकाे प्रकाेप न्यून रहेको जनाउनु भयाे ।
वृहत् छलफल पश्चात् अध्यक्ष महताेले सम्बाेधन गर्दै भन्नू भयाे हामी सबै शिक्षा कर्मिहरु बाल वालिकाकाे शैक्षिक पक्षकाे विकास गर्ने जिम्मेवारी लिएका हाैँ याे अभियानमा एकजुट हाैँ । हाम्रो निकाय स्थानीय सरकार रहेकाेले स्थानीय सरकार संग समन्वयगरि विधालय संचालन गर्नमा सहमत हुनु पर्छ ।
स्मरण रहाेस महताे वि. व्यवस्थापन समितिको अध्यक्ष भएदेखि निरन्तररुपमा विधालयकाे चाैतर्फि विकासमा दिन रात मेहनत गरि विभिन्न रचनात्मक कृियाकलापहरु गरिरहेकाे कुरा स्थानीय अभिभावकहरुले जनाएका छन् ।