शिव कुमार साह लहान असार ३० ।
सिरहाको सखुवानन्कारकट्टी गाउँ पालिकाले मंगलबार वृहत् रुपमा आर्थिक वर्ष २०७७/०७८ काे याेजना अनुगमनमा जिल्ला समन्वय समिति प्रमुख,उप प्रमुख,सहायक प्रमुख जिल्ला अधिकारी विभिन्न मिडियाका दर्जनौं पत्रकारहरु,विभिन्न पार्टीका प्रतिनिधिहरु,जनप्रतिनिधिहरु,प्राविधिक लगायत प्रशासकीय अधिकृत राम किसाेर महताेकाे उपस्थितिमा कटनिया नदिकाे पुल निर्माण,वाडा न १ लतियाहिकाे मुख्य सडकमा RCC ढलान,मकरमपुरकाे समुदायिक भवन निर्माण देखि लिएर वाडा नं १ देखि ५ सम्मको विभिन्न याेजनाहरु अनुगमन गराएकाे छ ।
अनुगमनकाे क्रममा अध्यक्ष यादवले गरेको ठाेस गुणस्तरीय कामकाे प्रसंसा जता त्यतै चलेकाे छ । स्थानीय वासिहरु भन्नू हुन्छ यस वर्ष प्रत्येक वाडामा RCC ढलान भएको छ । जसवाट बाटो घाटाेमा आवत जावत गर्न सहज भएको छ । बाँकी रहेकाे सडकहरुमा पनि RCC ढलान गरिदिए राम्रो हुन्छ । लतियाहि निवासी विल्टु यादव भन्नू हुन्छ “हामीले विकास प्रेमि अध्यक्ष पाएकाे छु । पहिले हामीहरु हिलाे नै हिलाेमा हिड्ने गरेका थियौँ अब पक्की सडकमा हिन्न पाएका छाैँ।” त्यसतै स्थानीय राप्रपा पार्टीको नेता राम कुमार यादव भन्नू हुन्छ “हामीले सबै वडाकाे अनुगमन गरियाैँ राम्रो काम भएको छ । यसलाई निरन्तरता दिनुपर्छ अनि मात्र हिलाे मुक्त गापा बन्न सक्छ ।” अनुगमनको अन्तमा अध्यक्ष यादवले संचारकर्मिहरुसँग कुरा कानि गर्दै भन्नुभयो हामीले पक्की सडक निर्माण गरेर हिलाे मुक्त गापा बनाउनमा रत्तिभर पछि नहट्ने जनाउनु भयो ।साथै शिक्षा,स्वास्थ,कृषि,सडक निर्माणमा समेत केन्द्रीत रहेर काम गर्ने जनाउनु भयाे । अनुगमनको अन्तमा सहायक प्रमुख जिल्ला अधिकारीसँग याेजनाका गुणस्तरीय कामकाे वारेमा संचारकर्मिहरुले साेधेकाे जिज्ञासामा यस गापामा सबै याेजनाका कामहरू सन्तोषजनक भएको जानकारी गराउनु भयाे ।