शिव कुमार शाह……लाहान, भदौ २३ । कराेना महामारीको कारण विश्वनै तावाहिमा रहेकाे बेला नेपाल पनि अछुतो छैन हाम्रो नेपाल सरकारले पनि निरन्तर जारी गरिएको लकडाउनका कारण हात मुख जाेडने समस्या खेपीरहेका दलित समुदायलाई राहत स्वरुप खाद्यान्न वितरण दलित वस्तिमा पुगेर घर – घरमा बाँडिएका छन् । सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदार नाथ यादवको अथक प्रयास एवं पहलमा चु जी संस्थाले साे गाउँपालिकाका जम्मा १२३४ घर परिवारलाई राहत वितरण गर्ने लक्ष्य लिएको छ । गैरसरकारी संस्था चु जी ले सखुवानन्कारकट्टी गाउँपालिका का ५ वटै वडाका कुल १२३४ घरपरिवारलाई समान रुपले राहत वितरण गरिरहेकाे छ । शनिबार बिहान ९ .३० बजे शुरु गरिएको राहत वितरण साेमबार सम वडा ५ ,४,३का सबै दलित समुदायले राहत पाएका छन् भने मंगलबार वाडा नं २ मा र बुधबार वाडा नं १ मा पितरण गर्ने भएको छ। राहत स्वरुप प्रती घर जिरा मसिनो चामल २५ किलो, गहुँको पिठो १० किलो, १ किलो चना, १ किलो मसुर दाल, १ लिटर खाने तेल, १ किलो नुन, ६ वटा नुहाउने साबुन वितरण गरेकाे छ ।
चु जी संस्था सम्बद्ध दलित सरोकार मन्च कंचनपुर सप्तरीका सदस्य एवं सखुवानन्कारकट्टीका कोर्डिनेटर अजय कुमार रामको अनुसार लामो लकडाउनले बेरोजगारी सृजना गरेको कारण दलित समुदायलाई हात मुख जोड्न समेत कठिनाइ भोग्नु परेको छ । स्थानीय एक यूवक भन्नू हुन्छ अध्यक्षले दलितको आर्थिक अवस्थालाई मध्य नजर गर्दै यस प्रकारको राहत योजना ल्याएर एकदमै राम्रो काम गरेकाे जनएकाे छ । चु जी संस्थाले दिएको राहत कार्यक्रमलाई प्रभावकारी बनाउन सखुवानन्कारकट्टीका अध्यक्ष केदारनाथ यादवले खाद्यान्न ढुवानी तथा वितरण गर्न यूवा जनशक्ति गा. पा स्तर बाटै ब्यवस्थापन गरेको कुरा राम खेलाैन यादवले मधेस न्यूजलाई जानकारी दिनुभएकाे छ । स्थानीयहरुले अध्यक्ष काे यस्तो लाेक हितकारि कार्यकाे प्रशंसा चाैक चाैकमा गरिरहेका छन् यस्तै वडा ३ कै समताेलिया देवी रामले राहत पाएकोमा खुशी ब्यक्त गरेकी छिन । स्थानीयहरु भन्नू हुन्छ हामी समाजसेवि लाेकहितकारि अध्यक्ष पाएका हाैं वहाँले हरेक आपत विपत परेकाे वेलामा अभिभावककाे रुपमा दलितको समस्यालाई पहिचान गरि समाधान गर्न पछि हट्दैन ।