लहान असार २६ । लहान नगरपालिकाकाे उप प्रमुख सरियार चाधरीकाे प्रमुख अतिथ्यमा चौविसाै वडामा वडा स्तरीय लैङ्गिकता सवाल र महिला नेतृत्व विकाश सम्वन्धि अभिमुखिकरण तालिम असार १५ देखि सुरुगरि असार २४ गते सम्पन्न भएको छ । तालिममा २४ औं वडा बाट करिब १४ शय महिलाहरु सहभागी भई ज्ञान आर्जन गरेकाे कुरा तालिमकाे सहयाेगी कृष्णा साहले जानकारी दिएकाे छ ।
तालिम प्रत्येक वडाकाे वडा अध्यक्षकाे अध्यक्षत्तामा सम्पन्न हुनेगरेकाे थियोे । तालिमको प्रशिक्षकमा गङ्गा अधिकारी , पविना सिंह सहयोगी चितरंन्जन चाैधरी,कृष्णा साहले सहयोगीकाे भूमिका निर्वाह गरेको थियो। प्रत्येक वडामा महिलाहरुको उल्लेखनीय सहभागिता रहेको थियाे । कार्यक्रममा उपमेयर सरियार चाैधरीले महिलाहरुमा आत्मबल जगाउनु पर्छ यसकाे लागि बाल विवाह,छुवाछूत प्रथा, वहुविवाह, दायजाे प्रथा र समाजिक कुरिति,घरेलु हिंसा जस्ता अन्य समाजिक बिकृतिकाे विराेधमा आवाज उठाउनु पर्छ । शिक्षा नै मानव विकासको मेरुदण्ड भएकाेले महिलाहरुलाई शिक्षामा जाेड दिनु पर्छ । नारी शक्ति नै परिवर्तनको आधार हाे तसर्थ नारिले सम्मुनत समाज निर्सार्थक जाेड दिनु पर्छ । जस्ता कुराहरूकाे वारेमा प्रशिक्षण दिनुभएको थियाे ।