शिव कुमार शाह
लहान असार २२ ।
लक्ष्मीपुर पतारीकाे आयुर्वेद शाखाले निशुल्क स्वास्थ शिविर असार १५ देखि २० सम्म संचालन गरि गापाकाे प्रत्येक वाडामा पाँच याेग गराई पाँच जरिबुटी र काेराेना महामारी बाट बच्नकाे लागि र शरिरमा यूनिटी पावर वढाउन प्रत्येक सहभागीलाई च्यवनप्राश, हर्वल चिया,अश्वगंधा चुर्ण र गिलाेय सबैलाई वितरण गरेकाे छ ।
आयुर्वेद शाखाका प्रमुख धनिक लाल यादव भन्नू हुन्छ “यश काेराेना महामारिबाट बच्न याेग र जरीबुटीहरुकाे सेवनले शरिरकाे यूनिटीपावर बढाउने भएकाेले नियमित याेग र जरीबुटीकाे सेवन अपरिहार्य रहेकाे छ । यसकाे लागि हामिले प्रत्येक वाडामा याेग गुरु रामदेव साह र लक्ष्मिनारायण यादव द्वारा प्रत्येक वाडामा शिविर संचालन गरि याेग ज्ञान, पाँच जरीबुटीकाे वृक्ष प्रदान गरेकाे छु ।” जसमा अश्वगंधा,सतावरी,अर्जुन,गिलाेय र पुदिना प्रदान गरेकाे जनाउनु भयाे ।
बैध निरिक्षक हेमनारायण यादव भन्नू हुन्छ “हामीले यश शाखाबाट प्र त्येक महिनाकाे दुई पटक प्रत्येक वाडामा निशुल्क आयुर्वेद स्वास्थ शिविर संचालन गरि निशुल्क अौषधी प्रदान गर्दै आईरहेकाे छु” ।स्थानीय राम अशिष कामैत भन्नू हुन्छ आयुर्वेद स्वास्थ शाखाले पटक पटक जनतलाई यश काेराेना महामारिकाे वेलामा आयुर्वेद जरिबुटी प्रदान गर्दै आईरहेकाे छ गाउँ सभाकाे दिन पनि बुद्धिजीवी ,पत्रकार,नेता र सर्वसाधारणलाई विभिन्न जरीबुटी वितरण गरेर राम्रो काम गरेकाे छ यश बाट हाम्रो शरिरकाे यूनिटी पावर बढाउनमा मदत गरेकाे जनाउनु भयाे ।