शिव कुमार साह
लहान असार १७ लहान नगरपालिका शिक्षा शाखा र आन्दोलन गरिरहेका शिक्षकहरु विच लनपा शिक्षा शाखा संयाेजक राज कुमार सहकाे संयाेजक्तमा वार्ता टाेली गठन भएकाे छ । वार्ता टाेलिमा नगर भरिकाे विधालय ब्यवस्थापन समितिको अध्यक्षकाे तर्फबाट लक्ष्मण ललिता माध्यमिक विधालयकाे अध्यक्ष रामनारायण महताे ,विरेन्र्द चाैधरी,लनपाकाे प्रशास्कीय अधिकृत खेमनन्दन भूसाल, लहान थानाकाे डिएसपी डा तपन दहाल,शिक्षक समितिको तर्फबाट जिवछ यादव,सगरमाथा मावि ढाेढनाकाे प्रअ,संगठनकाे तर्फबाट जिवक्ष यादव,संघर्ष समितिको तर्फबाट अर्विन्द दास,महेन्द्र चाैधरी,विरेन्र्द यादव,नेपाली साह,नारायण साह लगायतकाे व्यक्तिहरु विच वार्ता टाेली गठन गरेकाे छ ।
वार्ता टाेलिकाे सदस्य रामनारायण महताे भन्नू हुन्छ वार्ता टाेलिले आजै पहिलो चरणकाे वार्ता गरेको छ र साे वार्ता सकारात्मक रहेकोले भाेली १० वजे हुने वार्ता वाट निकास अबस्य निस्किन्छ । यसमा आन्दोलन गर्नु हुदैन लाेक हितकारी भएर काम गर्नु पर्ने कुरा जनाउनु भयाे।