शिव कुमार शाह
लहान असार १६ सिरहाको सखुवानन्कारकट्टी गापाले आर्थिक वर्ष २०७७/०७८ काे लागि नवाै गाउँ सभावाट नीति तथा कार्यक्रम पारितगरि ३१कराेड ९४लाख ४ हजार वजेट गाउँ सभामा गापा अध्यक्ष केदारनाथ यादवले प्रस्तुत गर्नु भएको छ ।
वहाँले यश वर्षको वजेटमा गापकाे चाैतर्फि विकासकाेलागि शिक्षा,स्वास्थ,सडक,कृषि र राेजगारकाेलागि केन्द्रीत
हुने गरि वजेट ल्याउनु भएको छ ।दुई वटा स्वास्थ चाैकीमा वर्थिङ सेन्टरमा आधुनिक ल्याव व्यवस्थापन, सुविधा सम्पन्न अस्पताल निर्माण खेलकुदकाे स्तर विकास गर्न गाउँपालिका क्षेत्रका खेलाडीहरुलाई प्रत्साहनकाे लागि गापले सम्मान तथा मासिक रुपमा भत्ता दिने,शिक्षा तर्फ प्रत्येक विधालयका विधार्थिहरुका पाेशाकमा एकरुपताकाे लागि गापा वाट निशुल्क पाेशाक वार्षिक रुपमा दिने, गाउँपालिका भित्र धुलाे र धुवाँमुक्त बनाउन गाउँपालिकाकाे सम्पूर्ण घर धुरीलाई निशुल्क ग्यास चुल्हो र सिलिन्डर गापाले उपलब्ध गरउने धुलाे मुुक्त बनाउन प्रत्येक वाडामा आर सिसी र पिच सडक निर्माण गर्ने याेजना लगायत जनता मूखि विभिन्न याेजनाहरु लिएर अगाडि बढने कुरा गापा अध्यक्ष केदारनाथ यादवले जनाउनु भएको छ ।