शिव कुमार शाह
असार ७ सिरहाको सखुवानन्कारकट्टी गापाकाे मुसहर वस्तिमा हाल सम्म विजुलि बतिबाट बन्चित रहेकाहरुलाई लाेकप्रिय अध्यक्ष केदारनाथ यादवले करिव १४ घर परिवारलाई एक सेट साेलार पाईनल,८० एम्पियरकाे ब्याट्री,तार,हाेल्डर र सुयच प्रदान गरेकाे छ ।जसबाट सखुवानन्कारकट्टी वाडा नं १ मधुवनि मुसहर वस्ति राति झल मल देखिन्छ । स्थानीय शम्भु सदाय मुसहर भन्नू हुन्छ पुस्ताै देखि हामिहरु टुकी वालेर रात बिताउने गर्थे तर कुनैपनि संघ संस्थाले हामिहरुकाे पीडा बुझ्नु भएन गा.पा अध्यक्ष केदारनाथ यादवले हामिहरुकाे वस्तिलाई उज्यालोमै बनाई दिनु भयाे । बिल पनि तिर्नु पर्दैन छाेरा छाेरीलाई पठन पाठन गर्न पनि सजिलो हुनेभयाे ।
साथै अध्यक्ष यादवले वाडा नं ३ पाेर्ताहा मुसहरीकाे २५ घर परिवार वाडा नं २ पटना साेठियाईन मुसहरीकाे २५ घर परिवारकाे बेराेजगारि समस्या सामाधान गर्न घरमै सानो घरेलु व्यापार गरेर जिविका पार्जन गर्न सक्ने उदेश्यले हाँस,खाेर र ५० केजी हाँसकाे दाना प्रदान गर्नु भएको छ । स्थानीय बद्री सदाय मुसहर भन्नू हुन्छ हामिहकाे सधारण घर चलाउन पनि एकदमै कठिनाइ परिरहेको थियोे अब यसवाट आय आर्जन गरेर सधार समस्या टालन सक्छु । सानाे समस्यामा कसै सामु हाथ फैलाउनु पर्दैन गापा अध्यक्षले हामी गरिवका समस्या लाई राम्रोसँग बुझ्नु भएकाे छ । वहाँ लकडाउनमा पनि पटक पटक राहत समेत उपलब्ध गराउनु भएकाे छ ।
स्थानीय समाजसेवी बद्री नारायण चाैधरी भन्नू हुन्छ यसै वर्ष वाडा नं ४ काे मुसहर वस्तिमा सुरक्षित नागरिक आवास अन्तरगत प्रत्येक मुसहरहरुकाे पराल रहित काठ र जस्ताको पाताकाे सुन्दर घर बनाईदिने याेजना अध्यक्षकाे रहेकाे छ ।
अध्यक्ष यादव भन्नू हुन्छ हामीले उनिहरुकाे आय आर्जन हुने किसिमकाे विभिन्न तालिम संचालन गरेर सीप मुलक काममा लगाएर आर्थिक स्तरमा सुधार ल्याउने छाै । समृद्ध गापा बनाउन गापाकाे चाैतर्फिरुपाम शिक्षा,स्वास्थ,कृषि, सडक र राेजगारलाई प्राथमिकतामा राखेर विकासकाे गतिलाई अगाडि बढाएका छाै ।