शिवकुमार साह सिराहा ।
हेफर नेपालले श्री सामाधान महिला कृषि सहकारीको माध्यमले लाहान नगरपालिकालाई कोभिड १९ नियन्त्रणको लागि सहयोग गरेको छ । माहामारीको बेला कृषि क्षेत्रमा लागेकाहरुको स्वास्थ सुरक्षाको हिसाबले कुल ३ लाख सहयोग प्रदान गरिएको छ । सामाधान महिला कृषि सहकारीद्वारा लाहान २१ माधोपुरमा आयोजना गरिएको एक कार्यक्रमबिच लहान नगरपालिकालाई सहयोग स्वरुप ३ लाखको चेक हस्तान्तरण गरिएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेकाे लाहान नगरपालिकाकाे मेयर मुनी साहले हेफर नेपाल र सामाधान महिला कृषि सहकारीलाई धन्यवाद दिनुभएको थियोे । प्रमुख अतिथि मेयर साहले भन्नुभयो ‘सामाधान महिला सहकारीले राम्रो काम गर्दै गरेको र आउने दिनमा अझ कृषि केन्द्रित कार्यक्रम ल्याई कृषकको हितमा काम गर्नुपर्छ । लहान नगरपालिकाले हाम्रो लहान,समृद्ध लहान बनाउन कृषि सहकारीको माध्यमबाट लहानका कृषकहरुलाई आत्मनिर्भर बनाएर गाँउ र शहरको सन्तुलन कायम गर्ने पक्षमा रहेको त्यसकाे लागि कृषककाे परिचय पत्रकाे ब्यवस्था छिटै गर्न लागेको र हाल प्रत्येक किसानकाे कृषि विल नगरपालिकाले भूप्तानि गर्दै आईरहेकाे जनाउनु भयाे । कार्यक्रममा नेपाल पत्रकार महासंघ सिराहाका सभापति मनोज बनैता यादवले सामाधान महिला कृषि सहकारीले कृषि क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको बताए । बनैताले महिलाहरुलाई उधमी बनाई कृषि क्रान्ति ल्याउन सञ्चार क्षेत्रले पुर्णरुपमा साथ दिने प्रतिवद्धता जाहेर गरे । सामाधान महिला सहकारीका सचिव गिरिजा यादवले १२ वटा दियो प्रज्वलन गर्दै आफ्नो संस्थाले १२ वटै संकल्प लिदै अगाडि बढेको बताईन । यादवले उक्त सहकारी २५ हजारको कारोबार बाट अहिले ११ लाखको पुजी कायम गरेको भन्दै सम्पुर्ण महिला सदस्यलाई बधाई दिईन । उनले हेफर नेपालले आउने दिनमा समेत यस संस्थाको कार्यलाई उचित मुल्यांकन गरी अझ बढी सहयोग गर्ने आशा ब्यक्त गरिन । राहत कार्यक्रमको अध्यक्षता सामाधान महिलाको अध्यक्ष दुर्गी देवी यादवले गरेकी थिईन भने नेकपा जिल्ला कमिटी सदस्य राज कुमार यादव, ब्रमाहण गोर्छारी मा.वी को अध्यक्ष जितन साह, पत्रकार जिवछ उदासीलगायतको उपस्थिति रहेको थियो ।