शिव कुमार शाह । लहान १७ भदौ । लहान नगर पालिका वाडा नं ७ र पराेपकार यूवा क्लबकाे संयुक्त अायाेजनामा लहानमा पहिलो “फुड बैंक”काे उदघाटन तथा संचालनमा ल्याएकाे छ। वडा नं ७ मा रहेको परोपकार युवा क्लब को सन्युक्त आयोजनामा गरिएको कार्यक्रमकाे उद्धघाटन प्रमुख अतिथि लाहान नपाकाे मेयर मुनि साहले रिवन काटेर गर्नु भएको छ । हाल कोभीड १९ माहामारीलाई ध्यानमा राख्दै जारी गरिएको बन्दाबन्दीले दैनिक ज्यालादारी गरिवहरुलाई हात मुख जाेडन समस्या परेको कारण उक्त कार्यक्रम सुरु गरिएको जानकारी वडा अध्यक्ष राकेश रोशन गुप्ताले दिनु भयो । गुप्ताको अनुसार प्रती दिन दुई शय जनालाई खाना वितरण बिहान १०:०० बजे देखि १२:०० बजे र बेलुकी ६:०० बजे देखि ७:३० बजे सम्म निरन्तर भदौ २७ गतेसम्म गरिनेछ । सके दियेर जाऔं, नसके लिएर जाऔं भन्ने मुल नाराका साथ आत्मसात गर्दै उक्त कार्यक्रम शुरु गरिएको कुरा वाडा अध्यक्ष गुप्ताले जनाउनु भएको छ । वडा ७ र परोपकार युवा क्लवलाई तत्काल सहयोग गर्ने अम्बिका अफसेट प्रेस लहान र स्माईली रेष्टुरेन्ट एण्ड बार लहानलाई गुप्ताले धन्यवाद ज्ञापन गरेका छन् र पराेपकारिहरुलाई समेत सहयोगको लागि सबैमा अपील गरेकाे छ । काेहि नगर वासि मजदुर गरिवहरुले केही समस्यामा परेकाहरु खानाको पाेकाे निरधक्क लिएर जान पाउनेछन ।
कार्यक्रमकाे उदघाटन पश्चात् प्रमुख अतिथि लनपा नगरप्रमुख मुनि साह, जनता समाजवादी पार्टीको नेता राकेश झा ,वडा न.७ काे वाडा अध्यक्ष राकेश रोशन गुप्ता ,वडा ८ का वडा अध्यक्ष बिजय कुमार महतो र नेकपाकाे नेता विशनु साह लगयत स्थानीय बुद्धिजीवीहरुकाे उपस्थिति रहेको थियो ।