लहान जेठ १७ । गुणस्तर शिक्षा हाम्रो प्रतिबधत्ता नाराकासाथ आज ल.ल.कु. माविकाे विधालय ब्यवस्थापन समितिकाे अध्यक्ष रामनारायण महताेले लहान नगरपालिकाकाे विभिन्न प्रअ र बुद्धिजीवीहरु संग शैक्षिक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
जसमा निमावि गुदिगाउकाे प्रअ रंगलाल साह,पमाविकाे प्रअ महिन्र्द चाैधरी,गाेर्छारी माविकाे प्रअ राजेन्द्र प्रसाद यादव,जमावि गढियाकाे प्रअ अरविन्द दास,बस्तिपुर माविकाे प्रअ देबेन्र्द यादब बुद्धिजीवी समाजसेवीहमा लनपा वाडा नं ३ काे वडा अध्यक्ष रामदियाल महताे,समाजसेवी चन्र्द नारायण कुशवाहा,अनुभवी शिक्षकहरुमा नरेन्द्र झा,अलख नरायण मिश्र लगायत साे विधालयकाे प्रअ शिवशंकर महताेकाे सहभागिता रहेकाे थियोे ।
कार्यक्रममा अध्यक्ष महताेले यश विालयलाई सबै पक्षमा नमुना बनाउन लहान नगरपालिकाकाे मेयर मुनि साह सँग सल्लाह सुझाव र सहयोगकाे अपेक्षालिई हामी निरन्तर विधालयकाे शैक्षिक,भाैतिक र प्रशासनिक पक्ष पुर्ण रुपमा सबल बनाउन अगाडि बढ्ने छाै । यसका लागि हामीले गरेकाे प्रतिबध्त्ताहरु पूरा गर्नु पर्छ र साे अबस्य गर्छु। क्रमशः
१. विधार्थी सिकाई उपलब्धि (प्रगती विवरण) त्रैमासिक रुपमा कक्षागत विवरण प्रस्तुत गर्ने ।
२. विधालय वालमैत्री वातावरण सिर्जना गर्ने ।
३. विधार्थीहरुको सर्वाङ्गिक विकासका लागि सप्ताहिक रुपमा अतिरिक्त क्रियाकलाप संचालन गर्ने ।
४. मासिक रूपमा शिक्षक स्टाफ र विधालय व्यवस्थापन समितीको संयुक्त बैठक गरि आएको सुझावरुलाई विधालय भित्र कार्यन्वयन गर्ने ।
५. वार्षिक रुपमा विधालयको प्रगती आय व्यय र अन्य गतिविधिको प्रतिवेदन अभिभावकहरु बिच प्रस्तुत गर्ने
६. कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी माध्यमवाट पठनपाठन गर्ने गराउने ।
७. स्कुलको उत्तर पट्टी पोखरीको डिलमा व्यवसायिक भवन निर्माण गर्न दात्रिसंस्था खोज्ने । साझा मत (सबका साथ सबका विकास ) विचारअनुसर दिगाे विकास गर्ने ।
यसलाई पूरा गर्न हामीले नपासँग सल्लाह सुझाव लिई निरन्तर विज्ञहरुबाट अन्तरक्रिया, शैक्षिक तालिमकाे अवधारणाकासाथ अगाडि बढ्ने कुरा दर्शाउनु भयाे ।