बैशाख ३१
शिव कुमार शाह
लाहान । लहान नगरपालीका वाडा नं २ भगवानपुरमा आपसि बिवाद र मुठभेडमा एक जना गम्भीर घाइते भएकाे छ। साखै दाई सत्यनारायण महताेले आफ्ना भाई देवनारायण महताेमाथी हमला गरि गम्भीर घाईते बनाएकाे छ ।
कुटपिटमा परेका देवनारायण महतोको दाहिने हात भाँचेको छ भन्ने टाउकोमा गम्भीर घाउ भएको छ । घाइते महतोलाई उपचारका निम्ति बिराटनगरको न्युरो अस्पतालमा पुर्याईएको थियो । पीडित महतोको हातमा स्टिल लगाईएको रिपोर्टमा उल्लेख छ । करिब एक महिनाको लामो उपचार पछि घर फर्केका महतोले हाल सम्म न त कुनै क्षतिपूर्ति पाएको छ न कुनै आश्वासन ।
। पीडित महतोको मुद्दा हालसम्म दर्ता समेत नगरिएको पारिवारिक स्रोतले जनाएका छन् । आर्थिक हिसाबले कमजोर रहेको महतोले आफ्नो उपचारमा करिब ७ लाख ऋण बोकी खर्च गरेको छ । हालसम्म क्षतिपूर्ति नपाए पछी उपचारमा समेत कठिनाइ भोग्नुपरेको स्थानीय बताउँछन् ।
पीडित महतोले मुद्दा दर्ताको लागि ईलाका प्रहरी कार्यालय लहानमा पटक पटक गएपनि मुद्दा दर्ता गर्न नमाने पछि बाध्यात्मक अवस्थामा हुलाक मार्फत मुद्दा दर्ताको प्रक्रिया अगाडी बढाईएको कुरा स्थानीयहरु बताएका छन् ।