शिव कुमार शाह
बैशाख २८ लहान। नगरपालिकाले संचालन गरेको विभिन्न सिपमुलक तालिमहरु मध्ये मिथिलाआर्ट सम्बन्धी तालिममा मिथलाईनिहरुकाे चासो देखिएको छ । यस्तो तालिमबाट आफूहरु यसलाई व्यवसायीकरण गरेर आत्मनिर्भर हुनुको साथै मिथिला कला र संसकृतिको समेत उजागर गर्ने विश्वास व्यक्त गरेका छन् ।
तालिममा कोरोना महामारीलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्ड पुर्णरुपमा पुरा गरी चलाइएको थियो ।
लहान नगरपालिकाका २४ वडाका ३५ जना महिलाहरुलाई बैशाख ७ गतेदेखि सहभागिता गराएर २१ दिने तालिम सोमबार सम्पन्न भएको कुरा लहान नगरपालिका महिला शाखाले जनाकारी दिएको छ । त्रेता युगदेखि नै मिथिला क्षेत्रमा प्रख्यात रहेको मिथिला आर्ट बढ्दो आधुनिकीकरणसँगै हराउन गएका यस आर्टको महिमा र गरीमालाई संरक्षण गर्ने उद्येश्यले लहान नगरपालिकाले मिथिलाआर्ट सम्बन्धी गरेको तालिम निकै उपयोगी रहेको प्रेस क्लव सिरहाका उपाध्यक्ष यमुना खनालको भनाइ छ । उहाँको अनुसार यस आर्टलाई प्रचार प्रसार गर्न हरेक कार्यालय संघ संस्था विवाह र धार्मिक अनुष्ठानमा प्रयोग गरे यस क्षेत्रको धार्मिक मौलिकता झल्किने छ । महिलाहरुले सिकेको सिपलाई व्यवहारमा उतार्न पनि त्यतिकै जरुरी छ ।
शाखाका प्रमुख अञ्जना साहका अनुसार मिथिलाआर्ट बारे महिलाहरुले पहिलेदेखि नै गरिरहेको मागलाई पुरा गर्न थालेको तालिमबाट तालिमप्राप्त महिलाहरुमा यसलाई वयवसायिक रुपमा सञ्चालन गर्ने हिम्मत जुटेकोले तालिम निकै फलदायी रहेको बताउदै यस तालिको लागि कूल खर्च सात लाख २५ हजार छुटयाएको जानकारी दिनुभयो ।
तालिमबाट सिकेको सीप र ज्ञानलाई व्यसायिक रुपमा व्यवहारमा उतार्ने सहभागी सुरेखा यादवले भन्दै हराँउदै गएको मिथिला आर्टलाई व्यवसायीकरण गरिदिन लहान नगरपालिकाले बजार व्यवस्थापनमा समेत सहयोग गरिदिनुपर्ने माग गर्दै हाम्रो मागलाई लहान नगरपालिका महिला शाखाले सुनेर पूरा गरिदिएकाेले खुसी व्यक्त गर्नुभयो ।
लहान नगरपालिकाकाे उपप्रमुख सरियार चौधरीकाे अनुसार मिथिलाआर्ट प्रति महिलाहरुका देखिएको सहभागिता र आकर्षणले हराउदै गएको मथिलाआर्ट फेरि व्यवहारमा ल्याउनुको साथै यसले व्यवसायी गर्न महिलाहरु सहकारीको माध्यमबाट अगाडि बढे नगरपालिकाबाट आर्थिक,प्राविधिक सहयोग गर्नुको साथै बजार व्यवस्थापनमा समेत सहयोग गर्ने विश्वास सबैमा दिलाउनुभयो । मिथिला आर्ट सिकाउनु प्रशिक्षक पुनम कुमारी दासका अनुसार धनुषा महोत्तरी जिललाहरुमा मिथिलाआर्ट प्रति देखिएको आकर्षण सिरहातर्फ समेत विस्तार हुने आधार स्थानीय तहहरुले तालिम सञ्चालन गरेकोले याेकदम सेवामुखि सराहनीय रहेको जनाउनुभयो ।