शिव कुमार शाह
लहान १६ , चैत्र । सिरहाको लक्ष्मिपुर पत्तारी गाउँपालिका वडा नम्बर – २ पाेखरभिण्डा पर्सा टोलमा बैशाख १० गते भएको भीषण आगलागीले ८ घर – परिवारका पिडित भएकाे छ । पिडत सम्पूर्ण सदस्यहरुलाई गाउँपालिकाले कपडा सहयोग गरेको छ ।
८ घर – परिवारका ३४ जनालाई बुधबार गाउँपालिका अध्यक्ष रामबल्भ साहले कपडा सहयोग गरेको हो । साडी, धोती , जिन्स पाईन्ट , सर्ट, पाईन्ट लगायत सबै सदस्यको उमेरको आधारमा एक सेट विभिन्न खाले नयाँ कपडाहरु सहयोग गरेको गाउँपालिकाले जनाएको छ । आठ घर – परिवारलाई ८ वटा तन्ना सहित २१ वटा म्याट समेत सहयोग गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुमित्रा लामाले जानकारी दिनुभयो ।
आगलागीले लत्ताकपडा, घर सहित सम्पुर्ण धनमाल नष्ट भएको थियोे ।
यस अघि बैशाख ११ गते गाउँपालिकाले प्रती परिवार २५ केजि चामल ,२ केजि दाल , २ किलो नुन , १ लिटर खानेतेल , आधी किलो स्वाविन , २ वटा सावुन , १ वटा त्रिपाल पीडित परिवारलाई वितरण गरेको कुरा लेखा अधिकृत नरेश कामतिले जनाउनु भयाे ।
सोही दिन वडा अध्यक्ष धर्मेन्द्र राय दनुवारले आफ्नो ब्यक्तिगत तर्फबाट पीडित परिवारलाई नगद एक हजार को दरले जम्मा रु आठ हजार राहत स्वरुप सहयोग गर्नुभएको थियो । भने पालिका अध्यक्ष रामबल्लभ साहले आगलागी बस्तीको स्थलगत अनुगमन गरी आगलागी पिडित ८ परिवारलाई प्रती परिवार १० हजारको दरले गाउँपालिकाबाट चेक दिने कुरा ब.क.नि ७साताै तहकाे अधिकृत धनिकलाल यादवले जनाउनु भएकाे छ ।
उनले सबै पीडित परिवारको घर निर्माणका लागि सरोकारवाला निकायहरु बिच पहल गरिरहेको बताए ।
पीडित ८ परिवारको ६० लाखको क्षति भएको जनाउदै आएको भएपनि जिल्ला प्रशासन कार्यालय सिरहाले ६ घर – परिवारको २० लाख मात्र क्षति भएको जनाएको छ भने जिल्ला प्रहरी कार्यालय सिरहाले १५ लाख ९० हजार मात्र क्षति भएको बताउदै आईरहेको छ ।