शिव कुमार शाह
लहान , भदौ १६। प्रदेेश २ का भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले गत वर्षको भुक्तानी प्रक्रिया सुरु गरेकाे जनाउनु भएकाे छ ।
मन्त्री सोनलले कार्यालय प्रमुखहरुलाई आवयश्क निर्देशन दिइ सकेको भन्दै प्रदेश २ काे आठवटै जिल्लामा भुक्तानीको पक्रिया सुरु भइसकेको जनाउनु भयाे ।एक सप्ताह भित्रै भुक्तानीको वातावरण बन्नेमा ढुक्क रहन सबैलाई आग्रह गरे । सबै उपभोक्ता समितिको खाता पक्रियाको काम अघि बढेको र भुक्तानीका आन्तिरक प्राविधिक कामहरु तिन चार दिन भित्रै सक्ने गरि काम गर्न कार्यालय प्रमुख श्याम सुन्दर मिश्रलाई निर्देशन दिनु भएको छ । र साेहि अनुसारकाे कार्य समयमा हुने मन्त्री सोनलले मधेस न्यूजलाइ जनाउनु भएको छ ।