शिव कुमार शाह ,लहान चैत्र १४।
विगत लामाे समयदेखि लक्ष्मीपुर पतारी वाडा नं १ रामपुर पिप्राकाे बजार नजिक रहेकाे कटनिया नदिकाे पुरानो पुल जिर्न अवस्थामा रहेकोले साे भेगका स्थानीय वासिन्दाहरुलाई आवत जावत गर्न विगत लामाे समय देखि कठिनाइ भाेगिरहेकाे कुरा स्थानीयहरुले जनाएकाे छ । करिव बीस लाखकाे लागतमा निर्माण हुन गईरहेकाे पुलकाे शिलान्यास आज गापा अध्यक्ष राम बल्प साहले विधि पुर्वक गर्नु भएकाे छ । यश वर्ष समयमै सबै अयाेजनाहरुकाे काम सकाउन सबै वाडामा विकासकाे गति तिब्र रुपमा बढाएकाे कुरा अध्यक्ष साहले जनाउनु भयाे । स्थानीय वाडा अध्यक्ष मनिक लाल यादव भन्नू हुन्छ पुल निर्माणले नव निर्मित हेल्थ पाेस्टमा पनि आवत जावत गर्न विरामिलाई सहज हुने भएकाेले यथा शिघ्र ताेकिएकाे समयमा ठिकेदारले पुल निर्माण गर्नु पर्नेमा जाेड दिनु भयाे । शिलान्यास कार्यक्रममा ब.क.नि ७ तहको अधिकृत धनिक लाल यादवले यश गापालाई समृद्ध बनाउन सबै पक्षले ईमानदारी पर्वक निर्धारित समयमा काम सम्पन्न गर्न तिर अग्रसरता देखाए सहज हुने ।जनाउनु भयाे कार्यक्रममा लेखा अधिकृत नरेश कामति लगायत सयौंको सख्यामा स्थानीयहरुकाे उपस्थिति रहेकाे थियोे ।