लहान , शिव कुमार शाह । शुक्रबार सम्पन्न लहान नपाकाे जनप्रतिनिधिहरु बीच भएको मैत्रीपूर्ण खेलमा नगर उपप्रमुख सरियार चौधरीले नेतृत्व गरेको टिमले नगरप्रमुख मुनि साहले नेतृत्व गरेको टिमलाई शुन्यको विरुद्ध दुई गोलले जीत हाँसिल गर्न सफल भएकाे छ ।। खेलमा लहान–२१ काे यूवा नेता वडाध्यक्ष हेमन्त कुमार यादवले दुई गोल गरेर म्यान अफ द म्याचका उपाधि हाँसिल गरेको छ ।
लहान १ नम्बर वडादेखि १२ नम्ब् वडा सम्मका वडाध्यक्षहरु नगरप्रमुख मुनि साहको टिममा थियो भने १३ देखि २४ नम्बर वडाका वडाध्यक्षहरु उपप्रमुख सरियार चौधरीको टिममा सहभागी भएर एक घण्टा खेल मैदानमा रोमाञ्चक घमसा घमसि खेल खेल्नु भएको थियो । म्ध्यान्तरभन्दा अगाडिसम्म घम्साघम्सी चलेको खेलमा कुनैपनि टिममले गोल गर्न सकेको थिएन । म्ध्यान्तरपछि वडा नम्बर २१ का वडाध्यक्ष हेमन्त यादवले लगातार दुई गोल गरेर नगरप्रमुखले नेतृत्व गरेको टिममाथि हाभी भएको थियो । लहान भेट्रान फुटवल कप प्रतियोगितामा शुक्रबार जनप्रतिनिधिहरु दुई टिममा विभाजित भएर मैत्रीपूर्ण खेल खेलेको थियो । प्रतियोगितामा ६७ वर्षिय नगरप्रमुख खेलप्रति मोह बढाउन खेल मैदामा आफै उत्रेर खेलप्रेमीहरुलाई हौस्याउनु भएको थियो ।
नगरप्रमुख मुनि साह टिमको गोलरक्षक लहान –६ का वडाध्यक्ष अरुण केसी हुनुहुन्थ्यो भने उपप्रमुख सरियार चौधरी टिमको गोल रक्षक लहान–२३ का वडाध्यक्ष कन्हैया प्रसाद गुप्ता हुनुहुन्थ्यो । ६० वर्ष उमेर पार गरिसक्नु भएको लहान नगरप्रमुख मुनि साह,लहान–५ का वडाध्यक्ष सुलेमान अन्सारी,लहान –१२ का वडाध्यक्ष बद्री नारायण चौधरी,लहान–१६ का वडाध्यक्ष गरुड बाहादुर जर्घा मगर,लहान –१३ नम्बरका वडाध्यक्ष इश्वर बाहादुर बस्नेत समेत खेलकुदप्रति उत्साह बढाउन उहाँहरु खेल पोशाक लगाएर मैदानमा उत्रेपछि खेल झन् रोमाञ्चित भएको थियो । म्यान अफ द म्याच घोषित हुनु भएको हेमन्त यादवलाई रेडियो सरगमका प्रवन्धक फिरोज शेखले पाँच सयको पुरस्कार दिनु भएको थियो ।