शिव कुमार साह
लहान, ७ मंसिर । शनिबार राति सिरहाको लहानस्थित एक निजी अस्पतालमा डाक्टरको लापरबाहीले सुत्केरीको मृत्यु भएको कुरा मृत्ककाे आफन्तले जनाएको छ ।
मृत्यु हुनेमा सुखीपुर नगरपालिका–९ वैशाखा गाउँकी २८ वर्षीया आरती साह हुन् । उनलाई डिभाइन हेल्थ केयर अस्पतालमा शनिबार दिउँसो करिव करिव ५ बजे भर्ना गरिएको थियो। राति शल्यक्रिया गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि अस्पतालका चिकित्सक फरार भएका छन् ।
आक्रोशित मृतकका आफन्तहरु रातीदेखि नै प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले अस्पतालमा तोडफोड गर्नाका साथै उपचारमा लापरबाही गर्ने डाक्टरमाथि कारबाहीको माग गरेका छन् ।
सम्भावित क्षति रोक्न प्रशासनले अस्पताल अगाडि सैयौं सुरक्षाकर्मी तैनाथ गरेको छ । भने शल्यक्रियापछि जन्मिएको शिशुको अवस्था भने सामान्य छ । हाल शिशुलाई अर्को अस्पतालमा सारिएको छ ।