शिव कुमार शाह
लहान, भदौ १५ ।
लहान नगरपालिका भित्र महिनौ देखिको फोहर ब्यवस्थापन को समस्या लाई प्रमुख जिल्ला अधिकारी ,सेना,जनपथ,ससत्र,राष्ट्रिय अनुसन्धान का एस पि नगर प्रमुख मुनिसाह वाडा नं ४ का अध्यक्ष राम नाथ पण्डित , ५ का सुलेमान अन्सारी ,७ का राकेश रोसन र ११का राज कुमार शाह वाडा अध्यक्षहरु लगायत विभिन्न सरोकारबाला हरूको सहभागितामा तिन महिनाका लागी ४ नं को सडक बाट फोहर ढुवानी गर्न अवरोध नगर्नेगरी ल्यान्ड फिल साइड देखि उतर पुर्व फोहर बयवस्थापन गर्ने सहमति बमोजिम हिजो बाट फोहर उठाउने कामकाे थालनी नगर प्रमुख मुनि साह लगायत वाडा अध्यक्षहरुले आफैबाट गर्न थालेपछि ब्यापारी,उधाेगी र नगरवासी खुशी भएका छन् ।