शिव कुमार शाह, मंसिर ३ लहान सिरहा ।
गापा लक्ष्मीपुर पतारी पोखरभिण्डा २ मा रहेको श्री जनता डोमी चौधरी माध्यमिक विद्यालय प्राविधिकधार पोखरभिण्डाले दिनानु दिन प्रगति गर्नुकाे कारण प्रअ पशुपति साह र स्थानीय बुद्धिजीवी,राजनीतिर्मिकाे भूमिका महत्पूर्ण रहेको कुरा स्थानीय हरले बताउनु हुन्छ । वाडा नम्वर २ काे वडाध्यक्ष धमेन्द्र कुमार रायकाे अनुसार यस विद्यालयको प्रगतिको लागि जनप्रतिनिधि, सामाजका अगुवा, बुद्धिजीवीहरु, सबै राजनीतिक दलका अगुवाहरु लगायत यस गापाकाे अध्यक्ष राम बलव साहकाे समेत सक्रियताकाे कारण यस विद्यालयको प्रगतिमा प्रधानाध्यापक साहको भूमिका महत्पूर्ण रहेको छ । उहाँ दिनभरि विद्यालयको काम काजमा व्यस्त रहनुहुन्छ विद्यालयमा बढी समय दिनु, सबैसँग समन्वय गर्नु, शिक्षक स्टापहरुसँग पनि राम्रोसँग सम्बन्ध राखेर पठन पाठन गुणात्मक बनाउनमा दिनभरी ब्यस्त रहनु हुन्छ । प्रअ साह भन्नू हुन्छ विधालयकाे ४१० मिटर लामाे वाल र ३० काेठे भुकम्प रहित भवन र क्यान्टिङग,छात्रवासकाे निर्वान गापा र सम्बन्धि निकायकाे सहयाेगले बनाउन सफल भएकाे छु ।
स्थानीयहरु भन्नू हुन्छ कुनै ब्यक्तिले आफ्नो ब्यक्तिगत स्वार्थ पुर्तिगर्नकाे लागि विभिन्न प्रयास गर्दा पनि अर्जुन दृश्टिले विधालयकाे हितमा उभिएर अगाडि बढ्दै गईरहेकाे छ । वहाँले गुणस्तरीय शिक्षाकाे वातावरण स्थापनामा जाेड दिएको जनाउनु भयाे । निवर्तमान विधालय ब्यवस्थापन समितिकाे अध्यक्ष एवं हालकाे सदस्य महेश्वर कामैत भन्नू हुन्छ २०७५/०७६ काे सम्पूर्ण हरहिंसाव खुल्ला सभामा सार्वजनिक भईसकेकाे त्यसमा हस्ताक्षर गर्नेहरु पुर्वाग्रह तवरले विराेध गर्नु ताजुव लाग छ । र ०७६/०७७ काे हर हिसाब काेराेना महामारीको कारण ढिलाे भएकाे छ जुन अवस्थ सबैमा जग जाहिर छ ।
ग्रामीण भेगमा नमुना विद्यालयको रुपमा प्राविधिकधार ओभरसियर ईन्जिनियरको पढाई र यस भेगमा नमूना विद्यालय भएपछि गरिवका सपना छाेरा छाेरीलाई ईन्जिनियर,ओभरसियर बनाउने पुरा भएकाे कुरा अभिभावकहरु बताउनु भयो । स्थानीय बुद्धिजीवी राम अशिष कमैत भन्नू हुन्छ , प्रअ साह २०६८ सालमा यस विद्यालयको प्रधानाध्यापकको पद संभाले पछि विद्यालयमाथि आठ लाख ऋण रहेको थियो । जम्मा १७ जना शिक्षक कर्मचारी स्टाप रहेको थियो । हाल ४२ जना शिक्षक स्टाप र विधार्धीहरुको संख्या लगभग१२०० रहेकाे सुन्दा आफू पढेकाे विधालयकाे प्रगतिले खुशि महसुुस हुन्छ । अभिभावक श्यामदेव साह भन्नू हुन्छ कसैले आफ्नो ब्यक्तिगत स्वार्थ पूरा गर्न विधालय जस्तो शान्ति क्षेत्रमा राजनीति करण गर्नु हुदैन । यसकाे सार्वाङगिक विकासमा सबैले टेवा पुर्याउनु पर्छ ।