शिव कुमार शाह,
सिरहा १८ कार्तिक ।
बैज्ञानिक खेतीपातीको लागि प्रदेश २ सरकारले मधेसमा कृषि पाठशालाको निर्माण गर्नलागेको भुमि व्यवस्था तथा कृषि सहकारी मंन्त्री शैलेन्द्र प्रसाद साहले जनाउनु भएको छ। लाहान– २२ को वाडा कार्लय सिसबोनीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले प्रदेश २ लाई अर्गानिक प्रदेशको रुपमा पहिचान स्थापित गर्ने लागि परेको , प्रदेश सरकार माटो परिक्षणको ब्यवस्था प्रत्येक नपा गापाको माध्यमबाट तयारी गरिसकेको जानकारी गराउनु भयो। मन्त्री साहको अनुसार सरकारले ११४ वटा नदिको निरीक्षण गरिसकेका छन् । केहि नदिहरुमा वर्षभरी पानी उपलब्ध हुनेहुँदा सिचाईको आवस्यक प्रक्रिया अगाडि बढिसकेको छ ।
त्यसैगरी हुलाकी लोकमार्गको ठाउँ ठाउँमा चिस्यान केन्द्र तथा दुध संकलन केन्द्र स्थापना गरि प्रत्येक लिटरमा किसानलाई प्रदेश सरकारले रु.२ रुपैया बोनस दिने योजना बनाएको मन्त्री साहले जानकारी दिए साना किसानलाई रु १० हजार र बिना ब्याज ऋण उपलब्ध गराउने तयारी समेत भईरहेको उनले स्पष्ट पारे ।
जसपाका केन्द्रिय सदस्य राकेश झाले भने जनता समाजवादी पार्टी बैकल्पिक शक्तिको रुपमा उदय भएपछि प्रतिक्रियावादीहरुको निन्द्रा खल्बल्याएको छ । हामी अझ उर्जाको साथ संगठित हुन जरुरी छ । यसको लागि प्रत्यक कार्यकर्ताले ईमानदारी पुर्वक काम गर्नु पर्छ ।नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर गुप्ताले लाहानको भुमिबाट उत्पन्न मधेश आन्दोलन र उपलब्धि संस्थागत गरिरहदा लाहानलाई नै बिर्सनु दुःखद भएको गुनासो गरे । गुप्ताको अनुसार देशलाई संघियता दिएको लाहानलाई बिर्सनु मधेश प्रतिको बेईमानी हो ।
लहान– ७ का वडा अध्यक्ष राकेश रोशन गुप्ताले नेकपा र नेपाली काङ्ग्रेसले जनतालाई ठगीरहेको भन्दै देश निर्माणमा अब जसपाले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने बताए । गुप्ताको अनुसार संघियता धरासायी गर्ने षड्यन्त्र भईरहेकोले जसपाले अब निर्णायक कदम चाल्नु पर्छ ।
जसपाका सिरहा जिल्ला सदस्य यूवा नेता राम चलितर महतोले भने नेपाली काङ्ग्रेस र नेकपाले जनताको आँखामा धुल हाल्ने काम गर्यो तर अब जनता जागरुक भईसक्यो । आउने दिनमा जनता समाजवादी पार्टी देशको ठुलो र प्रमुख पार्टी बन्नलाई कसैले रोक्न सक्दैन ।
महतोले लाहान–२२का थारु समुदायलाई जसपामा आफ्नो अस्तित्व खोज्न आग्रह समेत गरे ।
जसपाले गर्दा संघियता टिकेको भन्दै कसैको बहकाबमा नआउन समाजवादी बिद्यार्थी नेपाल प्रदेश नम्बर २ को संयोजक दिपेश कुमार यादवले मन्तब्य राखे ।
कार्यक्रममा पार्टीको केन्द्रिय परिषद सदस्य जितेन्द्र प्रसाद महतो , केन्द्रिय सदस्य बिजय राय दनुवार,सिरहा क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष प्रयागलाल यादव, युवा नेता दिनेश कुमार महतो, , महतो लगायत सैकडौं नेता कार्यकर्ताहरु सहभागीता रहेको थियो ।