शिव कुमार साह, लहान असाेज २५। लहान नगरपालिकामा विकाश प्रेमी वडा अध्यक्षकाे रुपमा चिनिने वडा नं ११ काे अध्यक्ष राजकुमार सााह चाैतर्फि विकाश गरेकाे कुरा स्थानिय वाडाबासिहरुले जनाएका छन् ।
अध्यक्ष साह भन्नू हुन्छ ” मैले कुनैपनि विकाशकाे याेजना जनस्तरबाट ल्याएर सबै वडाबासीकाे सरसल्लाह र सुझाब अनुसार कार्य गरेकाे कारण वडामा विकाश गर्ने सफल भएकाे छु । वडामा शिक्षा, स्वास्थ्य, पक्की बाटाे, ढल निर्माण दलित गरिबहरुकाे लागि पक्की घर निर्माण गुणस्तरीय शिक्षाका साथ वडाकाे विकाशमा जाेड दिएकाे छु ।”
नगरपालिकाकाे नगर याेजना अनुसार लहान १० ग्रामिण चाैकदेखि क्याम्पस हुँदै शिव चाैकदेखि घल्लेटाेल सम्म ३० फिट चाैडा १० कि मी काे पक्की सडक निर्माण कार्यकाे ठिक्का लागेकाे र न पा बाट ४ पटक र वडा बाट २ पटक सार्वजनिक सूचना जारी गरेर सराेकारवालाहरुसँग पटक पटक बाटाे चाैडा गर्ने सन्दर्भमा पहल गरेपनि सहमतीमा न आएपछि विकाशकाे गति राेक्नु हुदैन र पुनः ठेक्काकाे समय थप गर्न नसकेकाेले स्थानियहरुकाे सल्लाह सहमति बमाेजिम बाटाे चाैडा गर्न घर,पर्खाल ताेडनु परेकाे जनाउनु भयाे । वहाँ थप्नु भयाे
दिगाे विकाश गर्दा कसैलाई कुनै न कुनै असर पर्न सक्छ त्यसलाई सकारात्मक रुपमा लिएर सबैपक्षले विकाशमा एकजुट भएर न पा काे नमुना वडा बनाउन सबैले साथ दिनुपर्ने कुरा अध्यक्ष साहले सबैमा अनुराेध गर्नुभयाे ।