शिव कुमार साह, लहान २२ , असोज । कराेना महामारीले लकडाउनमा प्रभावित बिपन्न बर्गका लागी सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आज पाँचै चरणको राहत वितरण गरेका छन् । गापाका ६७ जना विपन्न बर्ग समुदाय परिवारलाई आज साेसल दुरी कायम गरि राहत बितरण गरेकाे कुरा गाउँपालिका अध्यक्ष केदारनाथ यादबले जनाउनु भयाे । राहत स्वरुप प्रतिपरिवार २५ किलो चामल , २ किलो दाल १ लिटर खानेतेल , आधा किलो स्वाविन , २ वटा साबुन , एक किलो नुन लगायतको समग्री रहेको कुरा राहत प्रप्तगरेकाे नजरुन खातुनले जनाएकाे छ । वहाँ भन्नू हुन्छ गापा अध्यक्षले गाउँ गाउँमा गएर गरिवकाे समस्या बुझेर यस्तो कराेनाकाे महामारिमा हामीलाई रहत दिएकाे छ वहाँ लाेकहितकारि हुनुहुन्छ गरिवकाे समस्या नजिक वाट बुझ्नु हुन्छ । ६ जनाकाे परिवार छ कमाई छैन यहिरातले हाम्रो चुलाे बल्छ हामी खुशी छाै मनकारि अध्यक्ष पाएकाेमा। यसैबिच वेलफेयर एजुकेशनल सोसाईटी खडक नगरपालिका वडा नम्बर – २ सप्तरीले आजै सोही गाउँपालिकाको पुर्ण अशक्त १५ ब्यक्तिलाई लाई हुयल कुर्सी बितरण गरेको छ । गाउँपालिकाका सामाजसेबी रहमुल राईनको बिशेष पहल र गापा अध्यक्षकाे पुर्ण सहयाेगले अशक्तका लागी कुर्सी प्रदान गरेका छन् ।