शिव कुमार साह, असोज २०
लहान । बिपदबाट हुने क्षति गुणस्तरीय जीवन निर्वाह गर्न लगाउने उपाय काैसल्यकाे लागि समयमै न्यूनीकरण गर्न सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले पुर्व दिर्घकालिनतयारी गरिरहेको छ ।
केहि महिना पछि जाडोयाम सुरुहुने भएकोले तराईमा शितलहर जस्ता जोखिम आउन सक्ने सम्भावना भएको हुँदा त्यसबाट जोगिन गाउँपालिकाले तयारी गरिरहेको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले जानकारी दिनुभएको छ ।
कोरोना महामारी, बाढी, आगलागी जस्ता अन्य अपत्तकालिन जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने बिषयमा कार्यपालिकाका सम्पुर्ण सदस्यहरुलाई आज गाउँपालिकामा औपचारिक कार्यक्रमको आयोजना गरी एक दिने प्रशिक्षण राखिएको अध्यक्ष केदारनाथ यादवले मधेस न्यूजलाई जनाउनु भएको छ ।
- स्थानीय स्रोत साधनको प्रयोग गरि जोखिम न्यूनीकरण गर्ने विधिहरुको बारेमा शस्त्र प्रहरी बल सिरहाका डिएसपी बिनोद थापा र कोशिका परामर्श सेवा प्रा ली काठमाडौँका प्रतिनिधि श्याम प्रसाद ढकालले सहजीकरण गरेका थिए ।