शम्भु प्रताप शाह
लहान श्रावण २९।
नेपाल वैश्य कल्याण महासंघ सिरहा जिल्लाद्वारा शनिबार आयाेजना गरिएको जिल्ला कार्यसमिति गठन कार्यक्रमकाे अध्यक्षत्ता राम चन्द्र साहले गर्नुभएको थियोे भन्ने प्रमुख अतिथि संघका केन्द्रीय अध्यक्ष अमरनाथ गुप्ता रहेको थियो । अतिथिमा महासचिव रामजी प्रसाद साह,केन्द्रीय सदस्य राज कुमार साह,धनुषा जिल्ला अध्यक्ष श्याम साह,तत्कालीन गाविस गाढकाे अध्यक्ष तथा लहान नपा वडा नं २३ काे पुर्व अध्यक्ष कन्हैया गुप्ता, तत्कालीन गाविस सितापुरकाे अध्यक्ष देव नारायण साह,फुलवारी लाईन्स क्लव लहानकाे अध्यक्ष शकंर प्रसाद गुुप्ता वैश्य समूदायका विभिन्न जातिका अगुवा कार्यकर्ताहरुकाे उपस्थित रहेकाे थियोे । कार्यक्रममा नविन गुप्ताले यस भित्रका सबै जातिमा एकता हुनुपर्नेमा जाेड दिएको थियाे,देव नारायण साहले निस्वार्थ भावनाकासाथ आपसी मतभेद हटाएर संस्था बलियो बनाएपछि मत्र सबैका हित हुने जनाउनु भयाे,कनहैया गुप्ताले वैश्य जातिभित्र हामिले दहेज उनमुलन गर्दै आफ्नो छाेरा छाेरीकाे सादी विवाह समेत वैश्यभित्रका सबै जातिमा गरे संस्थालाई थप बल पुग्ने जनाउनु भयो । महासचिव रामजी साहले संस्थाकाे उदेश्य माथि प्रकाश पारेको थियो भन्ने स्वागत मन्तव्य शंकर प्रसाद गुप्ताले दिनु भएको थियोे ।
कार्यक्रममा सर्वसम्मतिले सिरहा महासंघका जिल्ला अध्यक्षमा शिव कुमार शाह लगायत २५ सदस्य समिति चयन भएका छन् जसमा क्रमशः उपाध्यक्ष विजय कुमार गुप्ता,सचिव जिवछ साह,काेषाअध्यक्ष बन्दाना गुप्ता,सदस्य नविन गुप्ता,संताेष प्रसाद साह,शितल साह,राजेन्द्र प्रसाद साह,अशाेक कुमार गुप्ता लगायत रहेका छन् । सल्लाहकारहरुमा रामतलेवर साह,शंकर प्रसाद गुप्ता,कन्हैया प्रसाद गुप्ता,भरत साह,देव नारायण साह र राम चन्द्र प्रसाद साह रहेका छन् । नव निर्वाचित अध्यक्ष साहले अवकाे दिनमा वैश्य समुदाय भित्रका सम्पूर्ण जातीलाई एकताको सुत्रमा बाँधन सम्पूर्ण जातिका अगुवाहरूका सल्लाह सुझावलाई अनुसरण गर्दै अगाडि बढ्दै जाने जनाउनु भयाे ।