शिव कुमार शाह, भदौ ३० सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत रंजित जंग अधिकारी लाई स्वागत गरको छ ।गापा अध्यक्ष सन्तोष कुमार महतोको अध्यक्षतामा भएको कार्यक्रममा नायब सुब्बा अमृत लाल यादव, वडाध्यक्ष, समाजसेवी शिक्षक, विभिन्न पार्टी आवद्ध राजनीतिकर्मी, लगायत गाउँपालिकाका अन्य कर्मचारीहरुले अधिकृत लाई भव्य स्वागत गरेको छ ।
अधिकृत आउने बित्तिकै गाउँपालिकाकाको कर्मचारी बैठक पनि सम्पन्न भएको छ । बैठकमा प्रमुख प्रशासकीय अधिकृतबाट कर्मचारीहरुलाई आवश्यक निर्देशन गरिएको स्रोतले बताएको छ ।
आ।व ०७६र७७ सालमा उपभोक्ता समितिद्वारा गरिएको अधिकान्स बिकास कार्य सम्पन्न भएपनी भुक्तानी पाउन नसकेपछि नयाँ अधिकृतको हाजिरीले उपभोक्ता समितिका सदस्यहरु हर्षित भएका छन ।
यसअघिका अधिकृतले गा।पालाई आर्थिक बन्धकमा पारेको भन्दै नयाँ अधिकृतको आगमनलाई स्थानीयले सकारात्मक लिएको अध्यक्ष महतोले प्रतिक्रिया दिनुभएको छ । महतोले नयाँ अधिकृत अनुभवी एवं फराकिलो विचारधाराको रहेकोले गा।पाको दिगो बिकास गर्न सजिलो हुने र आफुले जनत सँग गरेको वाचा पूरा गर्ने जनाउनु भयो ।