असोज २७
शिव कुमार शाह ,लहान।
मधेश प्रदेशका ईँटा ब्यवसायहरुप्रती बैंकहरू आक्रामक रूपमा प्रस्तुत हुन् थालेकाछन् । कुनै किसिमको जानकारी नदिई बैकहरूले कतिपय ईँटा ब्यवसायीहरूका सम्पूर्ण घरजग्गा आफ्नो नाममा पास गर्ने प्रकृया अघि बढाएपछि ब्यवसायीहरू मर्नु न बाँच्नुको अबस्थामा पुगेकाछन् ।
सिरहाको लहानस्थित एन आई सि एसिया बैंकले लहानका दुई ब्यवसायीहरूका जग्गा पास गर्ने प्रकृया अघि बढाएको छ ।
सिरहाको गापा लक्ष्मिपुर पतारी पोखरभिण्डामा,पर्शामा संचालनमा रहेको वेलकम ईँटा उध्योग र लहान १३ मा संचालनमा रहेको राजधानी समिलका सञ्चालकद्वय दिपेन्द्र साह र कमल कुमार साहको जग्गा एनआईसी एसिया बैंकले आफ्नो नाममा पास गर्ने प्रकृया अघि बढाएका छन् । दिपेन्द्र साहका अनुसार साहको साबिकको गाविस हनुमाननगर २ स्थित लाेक राजमार्गले छोएको ७ कठ्ठा एघार धूर जग्गा हाल चार करोडमा बिक्छ साबिकको बस्तिपुर ४ को ६ कित्ता गरि ३३ कठ्ठा जग्गा र त्यस्तै उनका व्यसाय पाटनर कमल कुमार साहको लहान १ मटिहर्वास्थित १२ धुर घडेरी धितो राखेर एनआईसी एसिया बैंकबाट आर्थिक बर्ष २०७४\०७५ मा ४ करोड ७५ लाख ऋण लिएको र गत आर्थिक बर्षसम्म नियमित ब्याज तिरेको तथा चालू आर्थिक बर्षमा पनि १३ लाख ब्याज तिरीसक्दा पनि धितो राखेका सबै जग्गा लिलामका लागि मालपोत कार्यालयमा प्रकृिया अगाडि बढाएकाे कुरा दिपेन्द्र र कमल साहका भनाई रहेका छन् ।
वहाँहरु भन्नुहुन्छ उत्पादित ईँटा आर्थिक मन्दिका कारण बिक्री भएका छैन , बजारमा उधारो डेढ करोड भन्दा बढी छ । ईँटा बेचेर र बजारमा उठ्नबाँकी पैसा उठाएर सबै सावाँब्याज तिर्ने भनेर बैंकलाई पटकपटक जानकारी गराउँदागराउँदै पनि हामी दुबैको जग्गा लिलामका लागि प्रकृया अघि बढाउनु कतिकाे जायज हाे ।
यस सम्बन्धि लहान शाखाका बैंक प्रमुख सुनित श्रेष्ठसँग जानकारी लिनखोज्दा सम्पर्क हुन सकेन । नेपाल उधाेग तथा व्यवसाय महासँघ लहान नगर कमिटी अध्यक्ष उज्वल साह भन्नुहुन्छ बैंकहरु आतंक मचाईरहेका छन् । केहि महिना अगाडि लहानका विभिन्न पसलमा बैंकले गाडलाई पसल अगाडि बसाएर धम्की दिने कार्य गर्ने गर्थे त्यसको बिरोधमा स्थानीय व्यापारीहरुकाे एकता भएपछि त्यो कार्य बन्द गर्याे । अहिले ब्यापार आर्थिक संकटको चपेटामा परेका बेला बैंकले यस्तो कुरुर कदम चाल्नु गलतहाे केहि समय लाग्न सक्छ देशको आर्थिक अवस्था सहज हुन वितिकै व्यापारीहरुले पहिले बैंकलाई तिर्छ । बैंकले ऋण दिनेबेलाकाे ब्याजकाे लगभग दाेबर ब्याज बढाएका छन् । सरकार मुख दर्शक भएकाले हामी व्यापारी एकदमै मारमा परेको जानकारी गराउनु भयाे ।