श्याम सुन्दर यादव,
राजविराज, २२ असोज ।
सप्तरीको डाक्नेश्वरी नपाको पातो स्थित रहेको क.च.मा.वि.मा आउँदा कार्तिक १५ गते निर्वाचनको माध्यमले विद्यालय ब्यवस्थापन समिति छनौट हुने भएको छ ।
विद्यालयका प्र.अ. सहित शिक्षक, शिक्षिका, अभिभावक तथा स्थानीय भरभलादमीको शुक्रवार बसेको बैठकबाट सो निर्णय गरिएको हो ।
विद्यालय पूर्व क्यौं पटक बसेको बैठकबाट पनि निर्णयको कुनै टुङ्गो नलाग्दा शिक्षा शाखा प्रमुख (विनी) कृष्ण कुमार यादवको अध्यक्षतामा शुक्रवार बसेको बैठकबाट बल्ल सो निर्णय भएको हुदाँ आउँदो १५ गते जुनसुकै शर्तमा भएपनि ब्यवस्थापन समिति गठन गरिने विद्यालयका प्र.अ. योगेन्द्र प्रसाद मेहताले बैठकमा संकल्प गरेका थिए ।
१५ गते हुने ब्यवस्थापन समितिको चुनावमा बनौली मा.वि.का प्र.अ. सुरेश कुमार यादवले पूर्ण रुपमा सहयोग गरिने बताएको छ ।