श्यामसुन्दर यादव,
राजविराज, २१ पौष ।
सप्तरीको डाक्नेश्वरी नपा २ का वडा अध्यक्ष मो. रहमान मियाँलाई किर्ते अभियोगमा प्रहरीले प्रक्राउ गरेको छ ।
वडा अध्यक्ष पदमा रही रहदा सामाजिक सुरक्षा भक्ता बालबालिका भक्ता, बृद्धबृद्धा भक्ता, जेष्ठ नागरिक भक्ता र किर्ते नागरिकताको सिफारिस गरेको अभियोगमा वडा अध्यक्ष मो. रहमान मियाँलाई विहान राजविराजबाट पक्राउ गरेको हो ।
वडा अध्यक्ष मियाँ र सचिव विनोद कुमार ठाकुर सहित जम्मा १८ जना माथि सो सम्बन्धमा अख्तियार अनुसंधान र जिल्ला अदालत सप्तरीका मुद्दा चलिरहदा यी अभियोगीहरु माथि अदालत द्वारा पटकपटक हाजिर हुन आदेश जारी हुदा एक जना भोगीलाल यादव मात्र उपस्थित भई धरौटी निस्किने भएको बताएको छ ।
उपरोक्त मुद्दामा अदालतमा हाजिर हुन अन्तिम पत्र मिति २०७९ पौष १९ गते जारी भएपनि अभियोगीहरु समयमा हाजिर नहुदाँ सचिवलाई पक्राउ गरी कारागारमा पठाएको थियो भने विहार राजविराजमा लुकेर बसेको अवस्थामा वडा अध्यक्ष मियाँलाई प्रहरीले पक्राउ गरेको बताएको छ ।