श्यामसुन्दर यादव,
राजविराज, २८ भाद्र ।
सप्तरीको डाक्नेश्वरी नपा ५ पातो स्थित स्वालम्बन लघुवित वितिय संस्थाको केन्द्र प्रमुख वार्षिक दुई दिने गोष्ठी तथा प्रशिक्षण कार्यक्रममा मंगलवार शुभारम्भ भएको छ ।
स्वालम्बन लघुवित वितिय संस्था शाखा पातो द्वारा आयोजित सो कार्यक्रमको अध्यक्षता डाक्नेश्वरी नपा ३ तरही समुहका प्रमुख गिता यादवले गर्नु भएको थियो भने प्रमुख अतिथीको रुपमा डाक्नेश्वरी नपाका उपमेयर मिरा कुमारी यादव र अतिथीहरु वडा अध्यक्षहरु वडा नं. ३ का भागेश्वर कुमार यादव, वडा नं. ७ का रमेश कुमार चौधरी, इलाका प्रहरी कार्यालयका प्रमुख बरिष्ठ प्र.ना.नि. सुनिल कुमार यादव लगायत ११९ वटा समुहका केन्द्र प्रमुखहरुको उपस्थिती रहेको थियो ।
दुई दिनसम्म चल्ने सो कार्यक्रममा प्रशिक्षकहरु संजिव कुमार यादव, इन्द्र कान्त चौधरी, मुरारी प्रसाद चौधरी र पवन चौधरी रहेका छन् ।
पातो शाखा कार्यालयमा जम्मा हाल ७७ वटा समुहहरु संचालनमा रहेको छ भने जम्मा सदस्य संख्या १८४२ जना सदस्यहरु रहका छन् ।
पातो शाखाको जम्मा १५ करोड लगानी र ७ करोड रुपैया बचत हुने गरेको जनाएको छ । संस्था द्वारा केन्द्र प्रमुखहरुको क्षमता विकासका लागि शिपमुलक तालिम गराउने विभिन्न प्रकारका आयमुलक कार्यक्रमहरु संचालन गराउन सो प्रशिक्षण दिएको बताएको छ ।