श्यामसुन्दर यादव,
राजविराज, १५ चैत्र ।
सप्तरीको डाक्नेश्वरी नपामा आउँदो स्थानिय निर्वाचनका लागि जसपा नेपालले उम्मेदवार छनौट गर्ने सम्बन्धमा दुई ठाउँमा छुट्टाछुट्टै कार्यक्रम गरेको छ ।
नगरको पूरानो तथा नयाँ सभाहलमा नगर सभाहलमा नगर संयोजक बेचु साह तथा ओम प्रकाश यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेयर, उपमेयर तथा वडाध्यक्षहरुका नाम छनौट गर्ने क्रममा मेयर उम्मेदवारीका लागि जम्मा ६ जाना, उपमेयर पदका उम्मेदवारीका लागि ६ जना र वडाध्यक्ष पदका लागि जम्मा ४६ जनाले नाम पेश गरेका छन् ।
पार्टीबाट पर्यवेक्षकको रुपमा प्रदेश सभासद विशेश्वर प्रसाद यादव(विक्की) , जिल्ला कमिटि उपाध्यक्ष उमेश प्रसाद यादव, जिल्ला सहसचिव शम्भु कुमार यादव, जिल्ला सदस्य राजेश्वर प्रसाद राय लगायतको उपस्थितीमा मेयरका लागि १, ओम प्रकाश यादव, शिव ना. साह, बेचु साह, देवेन्द्र यादव, प्रमोद कुमार यादव, कृष्णानन्द यादव(ऋषि) र उपमेयरका लागि अनिता देवी यादव, अनार देवी साह, कमला देवी पासमान, कल्पना देवी साह, शोभा देवी साह, दुर्गावती देवी मण्डलले दावी गरेका छन् ।
सम्पन्न बैठकमा प्रस्तावित नामहरु मध्ये सहमति बन्न नसकेको अवस्थामा जिल्ला कमिटी द्वारा निर्णय गरिने बताएको छ ।