श्यामसुन्दर यादव,
राजविराज, १० फाल्गुन ।
सप्तरीको डाक्नेश्वरी नपा ९ महोकी पथरगाडा स्थित सखुवा लक्षनपट्टी पोखरिया मा.वि.को ब्यवस्थापन समितीका लागि हिजो सोमवार भएको चुनावको नतिजा प्रकाशित भएको छ ।
नगरका शिक्षा शाखा संयोजक (वि.नी.) कृष्ण कुमार यादवको अध्यक्षतामा गठित निर्वाचन आयोगमा विद्यालयका प्र.अ. देवु प्रसाद यादव, बनौला मा.वि.का प्र.अ. सुरेश कुमार यादव लगायतका निर्वाचन समितिले सो निर्वाचन मत परिणाम प्रकाशित गरिएको हो ।
प्रकाशित मतको नतिजामा जम्मा चार जना उम्मेदवार मध्ये रामदेव यादव ३८९ मत द्वारा विजय भएका छन भने निकटम प्रतिद्धन्दी अमरनाथ यादवले ३६५ मत र शंकर प्रसाद सिंह ३९५ मतबाट विजय भएको, प्रतिद्धन्दी श्रीप्रसाद यादवले ३५६ मत प्राप्त गरेका छन् । यसरी नै महिलाहरुमा कलावती देवीले ३५९ मत प्राप्त गरेकी छिन । यता अर्को महिला उम्मेदवार राधादेवीले ३५९ मत प्राप्त गरेकी छिन । यता अर्को महिला उम्मेदवार राधादेवी साहले ३८८ मत प्राप्त गरी विजय र प्रतिद्धन्दी भवानी देवी खंगले ३५८ मत प्राप्त गरेकी उल्लेख गरिएको छ ।
भोली ११ गते समितिलाई पूर्णता दिने जनाएको छ ।