श्यामसुन्दर यादव,
राजविराज, ०७ माघ ।
जनमत पार्टीका कार्यकर्ताहरुले शुक्रवार डाक्नेश्वरी नपाका कार्यालयमा एक घन्टा धर्नामा बसेका थिए ।
नगर संयोजक जयप्रकाश यादवको नेतृत्वमा ६०–७० जना कार्यकर्ताहरु द्वारा कार्यालय अगाडी धर्नामा बसेर पार्टीले किसानहरुको माँग गरिनु पर्ने नारा सहित कोणसभा गरिएको हो ।
जय जवान जय किसान, किसानलाई समयमा खाद्यमल तथा विऊविजन उपलब्ध गराउ र कोशी पम्पनहरलाई यथासिघ्र मर्मत गरी संचालनमा ल्याउ नारा सहितको सभामा सूर्य नारायण यादव, अनिल कुमार यादव, जग प्रकाश मण्डल लगायतकाले मन्तव्य राखेका थिए ।
जनमत पार्टीले किसानहरुको समस्या लिएर आन्दोलनमा रहेको र माँगहरु सम्बोधन नहुञ्जेल हाम्रो आन्दोलन जारी रहने संयाजक यादवले मन्तव्यको क्रममा आफ्नो धारणा राखेका थिए ।