शिव कुमार शाह लहान /श्रावण २५।
सिरहाको सखुवानान्कार कट्टी वाडा १ विकट गाउँ मानिने माैवाहीमा २०१७ साल देखि निरन्तर संचालनमा रहेकाे श्री जनता नमुना माध्यमिक विद्यालय प्राविधिक धार माैवाहीले कम समयमा विद्यालयमा भाैतिक , प्रशासनिक र शैक्षिक पक्षमा ठाेस विकासका साथ उच्च रुपमा विकासको फडकाे मारेको छ ।

विकट क्षेत्रमा रहेकाे याे विद्यालय २०६७ सम्ममा ५ ओटा कक्षा काेठा र करिव १ सय ५० जना विद्यार्थिमा मात्र सिमित थियोे । बेन्च डेक्सकाे अभावले छात्र छात्राहरु माटाेमा बस्नु पर्ने बाध्यता रहेकाे विद्यालयमा २०६८ माघ देखि प्र. अ. रामपृत यादव आएदेखि वहाँकाे विद्यालय प्रतिकाे लगनशीलता र ओहाेरात्र सक्रियता पुर्वक खटिएको कारण आज याे विद्यालयमा करिव ८सय ४६ जना छात्र छात्राहरु पढीरहेका छन् । सराेकार वाला निकाय सँग सहकार्य गरि ३ विगहामा फैलिएको विद्यालयकाे कम्पाउन्ड वाल र २५ काेठे पक्की भवन बनाउन प्र.अ. यादव पुर्ण रुपमा सफल भएको छ । याे विद्यालय सखुवा नान्कार कट्टी गा.पा.काे शैक्षिक केन्द्र भएकाेले गा.पा. अध्यक्ष केदारनाथ यादवले पनि हृदय देखि सहयोग गरेर विद्यालयकाे विकास गरिरहेकाे छ । साथै चारै तिरका वरिपरि गाउँ वाट विद्यालयमा आउने विद्यार्थिलाई कुनै किसिमकाे कठिनाइ हुन नदिन कटनिया नदिमा ४ कराेड ९८ लाख बराबरको लागतमा पुल निर्माण कार्य सम्पन्न गरेको छ । गा.पा. अध्यक्ष केदारनाथ यादव भन्नू हुन्छ केही विकास विरोधी हरुले विद्यालयकाे विकासको प्रगति देखेर विभिन्न बाहाना बनाई विद्यालय ब्यवस्थापन समितिकाे मनाेनयनमा आफ्नाे नाउँ हुनुपर्छ न भए हामी जेमापनि विरोध गर्छु । साेहि अनुसारको कृयाकलाप उनिहरु गरिरहेका छन् तर विद्यालयकाे विकासमा अवरुद्ध गर्ने लाई जनता छाेडने वाला छैन र हामी विकास गर्न पछि नहट्ने अध्यक्ष यादवले जनाउनु भयाे ।

प्रअ यादवको लगनशीलताकाे कारण विकट गाउँकाे रुपमा चिनिने माैवाहिमा प्राविधिक कक्षा सिभिल ईन्जिनियरिङ,डिपलाेमा स्तर ४ वर्षे र ३ वर्षे काेर्षकाे कक्षा संचालन भइ रहेको छ । जसमा ३ वर्षे काेर्षमा ३० जना र ४ वर्षे काेर्षमा बाजुरा,सिरहा,सप्तरी,धनुषाकाे गरि ४८ जना विधार्थिहरु सिभिल ईन्जिनियरिङ गर्दै आईरहेका छन्। प्र. अ. यादव भन्नू हुन्छ यस विद्यालयकाे प्रगतिमा गा.पा. अध्यक्ष केदारनाथ यादव र विद्यालय ब्यवस्थापन समितिकाे महत्त्वपूर्ण याेगदान रहेको छ । विद्यालयमा स्वक्ष वतावरण शुध खानेपानीको व्यवस्था सँगै हाल महिला -१ र पुरुष -२ वटा मात्र शाैचालय रहेकाेले हाल गा.पा.काे सहयोगमा छात्रा मैत्री शाैचालयकाे समेत निर्माण भएको छ । हामीले शिर्षक वाईज रकम नियमाअनुसार खर्च गरेकाे छु । त्यसै कारण आज याे विद्यालय सबै पक्षमा सुविधा सम्पन्न बन्दै गईरहेकाे छ । तर केही निजि स्वार्थ पुर्तिगर्नेहरुले विराेध गर्दैमा विद्यालयकाे विकासमा कुनै असर पर्ने छैन मेराे संकलपनै विद्यालयकाे चाैतर्फि विकास गर्नु हाे । सुविधा सम्पन्न कम्प्युटर लाईव,पुस्तकालय,भाैतिक संरचना,शैक्षिकपक्ष लगायतका पक्षहरुकाे ब्यवस्थापन भएका छन् । यसमा गा.पा. अध्यक्ष केदारनाथ यादवकाे महत्त्वपूर्ण भूमिका रहेकाे छ । यसका लागि सबै पक्षले साथ दिनु पर्छ ।

स्थानीय वासिन्दाहरु भन्नू हुन्छ हुनेखानेका छाेरा छाेरी मात्र ओभरसियर,ईन्जिनियर हुने गर्दथ्याे हामीले घर बाहिर राखेर केटा केटी लाई पढाउने क्षमता थिएन तर प्र.अ. रामपृत सरले याे विद्यालयकाे उन्तिकाे लागि चाहे संस्थागत रुपमा हाेस या ब्यक्तिगत रुपमा निरन्तर लागिराखनु भयाे त्यसैकाे फल स्वरुप आज हाम्रो बाल बच्चाहरु घरमै बसेर ओभरसियर ,ईन्जिनियर हुने भयो । यस वाट हामी गा.पा.वाशी खुशि भएका छाै ।