शिव कुमार साह,
सिरहा २२ फाल्गुन । सामान्य किसान परिवारबाट २०४१ साल ०५ महिना ०५ गतेमा जन्मेका लहान नगरपालिका वडा नम्बर २ भगवानपुर टोलका युवा समाजसेवी नेता रामचलितर महतो अहिले जसपा नेपाल पार्टीबाट देश र समाजको विकासमा दिनरात लागेकाे छ। उनले भने मुलुकमा ठुल्ठुल्ला राजनीतिक परिवर्तन भए पनि प्रशासनिक मानसिक्ता , प्रशासनिक शक्ति र प्रशासनिक नजरियाको कारणले अहिले देशमा परिवर्तन हननसकेकाे ब्यक्त गरे । सदियौंदेखीको विभेद तथा असमान्ता यथावत रहेको उल्लेख गर्नुहुदै जनसंधर्षलाई निरन्तरता दिनु पर्ने भनेका छन। नेता महतो ६२/६३को मधेश जनआन्दोलन संघर्ष समितिको सदस्य भई निरन्तरता दिदै दोस्रो संविधान सभाको केन्द्रीय सदस्यीय तथा प्रत्यासी सिरहा क्षेत्र न. १ बाट (मधेशी जनअधिकार फोरम नेपाल) बाट उम्मेदवारी दिईएका थिए। अहिले मधेशी दलित जनजाति तथा सोसित वर्गप्रति निरन्तरता दिईएको देखिन्छ , अधिकारको लागि आन्दोलनमा सक्रिय रहेकाे छ। आउने दिनमा यी वर्गप्रति र देश , जनता , समाज , राजनीतिक समस्या प्रति प्रतिवद्धता जनाएका छन। मधेश आन्दोलनकै कारण अहिले गन्तन्त्र संघियता आएको नेताले दावी गरेको छ। समाजमा उनका उल्लेखनीय योगदानहरु रहेका छन जस्तै रामकुमार उमाप्रसाद स्मारक अस्पताल स्वास्थ्य तथा जनसंख्या वातावरण मन्त्री उपेन्द्र यादवलई पहलगरी ५० बेडको अस्पताल प्रदेश स्तरमै ल्याए। लहान बाल होस्पिटल उपेन्द्र यादव , विजय यादवबाट शिलान्यास तथा प्रदेश सरकार ५० बाट ५० लाख अनुदान दिलाएका थिए। लहान नगरपालिका २४ वडा मघ्ये स्वास्थ्य चौकी नभएको वडाहरुलई विशेष पहलमा जस्तै २,४,५,८,१५,२२,२४ लगायतका १० वडामा स्वास्थ्य चौकी स्थापना गराएका थिए। रोड बाटोघाटो , त्यसैगरी ३० लाखको लगानीमा लहान नगरपालिका २२ मा प्रदेश सरकारको विशेष अनुदानमा रामजानकी मन्दिर निर्माण गरेको छ। त्यसैगरी लहान १२ मा २५ लाखको लागतमा प्रदेश सरकार लागतमा निर्माण नेता रामलितरले महतोको हातबाट शिलान्यास भएको थियोे । देश भक्त युवा सचेत बनौं समेत भनेका छन ; यदि वर्तमानको युवा पुस्ताले गल्ती गर्छ भने अखण्ड नेपाल , हाम्रो धर्म , साँस्कृतिक र सामाजिक संरचना केही बाँकी रहदैन , त्यसैले अहिलेको युवा पुस्ताले झुकिएर पनि गलत , अधार्मिक र अमौलिक संगठनहरुलाई साथ दिनु र लिनु हुदैनन् । हेर्दा राम्रो देखिए पनि भित्री रुपमा मुलुक विरुद्ध गतिविधि गरिरहेका त्यसता समूह प्रति सजक बन्न आग्रह समेत गरेको छ,बरु जङ्गलमा गैंडा जस्तो एक्लै हिड्नु उचित हुन्छ तर गलत व्यक्ति र समुहको साथमा रहनु साथै त्यस्ता समुहलाई साथ दिदा हाम्रो मुलुक राष्ट्रप्रति अन्याय हुने कुरा नेता रामचलितर महतोले बताए ।