ईमधेश न्यूज सम्वाददाता,
लहान,०१ भाद्र ।
सिरहाको लहान नगरपालिका वडा नम्बर – २२ मा रहेको सलहेश फुलवारीलाई जोड्ने नयाँ कृषि सडक अहिले बिबादास्पद बनेको छ । सोही ठेगाना स्थायी बसोबास गर्ने रामबृक्ष साहलाई प्रतिवादी बनाई नव निर्मित नयाँ बाटोमा जग्गा पर्ने तीन जना जग्गा धनिले मिति २०७७ चैत्र २७ गते सिरहा जिल्ला आदालतमा मुद्दा दिएको छ ।
उनीहरुले अतिक्रमन गरी बनाएको कच्ची सडक बाटो खुलाई समेतको बिषयमा मुद्दा दिएको हो ।
साहले ब्यक्तिगत फाईदाकोलागी सो सडक निर्माण गरेको उनिहरुको आरोप छ । मुद्दा दायर गर्नेहरुमा जिल्ला सिरहा लहान नगरपालिका वडा नम्बर –२२ बस्ने झौली साह , लहान – ४ कि बिभा कुमारी यादव र लहान – ३ कि कपिलेश्वरी देवी रहेको कुरा रामबृक्ष साहले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।
करिब आधी किलो मिटर लम्बाई र १५ फिट चौडाईको नव निर्मित सडक लहान नगरपालिकाले सलहेश प्रटकिय क्षेत्रलाई विकास गर्ने उदेश्यले दक्षिणी भेगवाट आउने भक्तजनहरु सिधा मन्दिर सम पुगनकोलागि सो कृषि सडक निर्माण गरेको हो ।
तिनै जनाले जिल्ला आदालत सिरहामा दिएको मुद्दामा मेरो चरीत्र हत्या गर्ने प्रयास भएको साहले बताए । सडकले आम जनतालाई फाईदा गर्ने छ भन्दै उनले भने – ञनवनिर्मित कृषि सडकको नजिक मेरो स्कुल छ , तर मेरो स्कुलमा साविक देखि नै बाटो छ, उक्त नव निर्मित बाटोले मलाई मात्र ब्यक्तिगत फाईदा गर्दैन , सबैलाई फाईदा गर्छ । ,
दिएको मुद्दा पुर्ण रुपमा राजनीतिक षड्यन्त्र रहेको र उक्त आरोपमा सत्यता नरहेको उनले दाबी गरे । मेरो स्कुल नजिक बाटो निर्माण भएकोले म माथी झुठो आरोप लगाईएको उनले बताए । स्कुलको बाटो साविक देखि नै छ , उक्त बाटो देखि स्कुल कुनै सरोकार राख्दैन् साहले फेरी दोह्र्याए । सरोकारवाला निकायलाई स्थलगत रूपमा आएर सत्य तथ्य छानबिनका साथै न्यायका लागी आग्रह गरेका छन् ।