शिव कुमार शाह,
लहान, २९ चैत्र ।
सिरहाको लहानमा सुनचाँदी व्यवसायीको गोली हानी हत्या गरिएको छ । लाहान २३का वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदी पसल थापेर बसिरहेका अन्दाजी ४५ वर्षीय प्रदिप विश्वकर्माको हत्या भएको हो ।
डकैती गर्न आएका समुहले विश्वकर्माका पत्नी अमिता विश्वकर्मालाई धारिलो हत्यार प्रयोग गरि गम्भीर घाईते बनाएका छन । घाईते विश्वकर्माको उपचार लाहान स्थित सप्तरिषी अस्पतालमा भईरहेको छ ।
मृतक विश्वकर्मा लाहान ७ का बासिन्दा हुन । घटना लगत्तै ईलाका प्रहरी कार्यालय लाहानका डिएसपी डा. तपन दाहाल नेतृत्वको टोलीले दुईजनालाई पक्राउ गरेका छन । पक्राउ पर्नेमा लहान नगरपालिका ७ का रामकृष्ण चौधरी र लाहान २३ गाढा कै सुरेश सहनी रहेको छ ।
मृतकका शव लाहान अस्पतालमा पोष्टमार्टमका लागि पठाईएको र तालिम प्राप्त कुकुर ल्याई घटनाको थप अनुसन्धान गर्ने कुरा लहानको डिएसपीले ईमधेश न्यूजलाई जनाएको छ ।