शिव कुमार साह,
लहान ०१ चैत्र ।
आइतबार दिउँसो १ः०० बजे मालपोत कार्यलयको दोश्रो तलामा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) समुहले बम विष्फोट गराएको हुन सक्ने लहानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डा तपन दाहालले जानकारी दिनु भएको छ ।
घटना स्थलमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) का पम्पलेट भेटिएको थियो । घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । विष्फोटमा परि कार्यलयका कर्मचारी शिव कुमार यादव सहित ८ जना घाइते भएका छन् । गम्भीर घाइते भएका एक जना सेवाग्राही दिनेश भण्डारीलाई हेलिकप्टरबाट काठमाण्डौ लगिएको छ।
अरु घाइतेहरुलाई लाहान अस्पतालमा उपचार भइरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान बाट प्रेसर कुकर बम बिस्फोट भएको अनुमान गरेको छ ।
यसरी नै घाइते सेवाग्राही बद्री नारायण यादव, लक्ष्मी राणा, बेचनी मगर, फुलकुमार ठाकुर, लालबाबु विक, भोलाबहादुर पाक्षे मगर रहेको प्रहरीले जनाएको छ ।
यसैबीच घटनास्थलमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले वम विष्फोटको जिम्मेवारी लिएको छ ।
जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का अध्यक्ष जयकृष्ण गोइतले एक विज्ञप्ति जारी गर्दै अपराधी तथा भ्रष्टाचारीलाई कारबाही स्वरुप बम विष्फोट गराएका बताएका छन् ।