शिव कमार साह,
लहान, २१ श्रावण ।
लक्ष्मीपुर पतारी गा पा वडा नं ५ खरुकियाहीमा नव निर्वाचित वाडा अध्यक्ष ब्रहमदेब यादवले जनताको सेवा सुविधालाई ध्यानमा राखी एनसीसी बैंकको कर्मचारीका साथ वाडा सचिब फेकू यादव समेतको संयुक्त टोलिले वृद्ध वृद्धाहरुलाई सामाजिक सुरक्षा भक्ता वितरण गाऊमै वितरण गरेकोले वृद्ध वृद्धा लगायत स्थानीय वासिन्दा खुशी भएका छन् ।
नेकपा एमाले जिल्ला कमिटी सदस्य देव नारायण साह भन्नु हुन्छ वाडा नं ५ को अध्यक्षले लोकहितकारी काम गरेको छ।यस्तै किसिमको सेवा गापाको प्रत्येक वाडामा हुनुपर्नेमा सरोकारबालासँग माँग गरेको छ ।
वडा अध्यक्ष यादव भन्नु हन्छ हामीलेजनतासँग चुनावमा गरेका प्रतिबद्धताहरु सबैको साथ र सहयोगले पुर्णरुपमा पुरा गर्ने जनाउनु भयो ।