शिव कुमार शाह,
१५ श्रावण, २०७९ सिरहा सदरमुकाम स्थिति एक स्विट्स हाउसमा नास्ता खाएपछि पत्रकार राम भरोसी यादब गम्भीर बिरामी हुनु भएको छ । बिहिबार माँ भगवती वेकरी एन्ड स्विट्स हाउसमा नास्ता खाने क्रममा पाकेको समोसामा किरा फेला परेको थियो । स्वीट्स हाउसले पटकपटक बासी र सडेगलेको नास्ता समेत बेच्ने गरेको कुरा स्थानीयहरु बताउँछ । नास्ता खाएपछि पखाला लाग्ने बान्ता हुने समस्या देखेपछि पत्रकार यादब उपचारका लागि नजिकैको Hospital मा भर्ना हुनु भएको थियो । चिकित्सकले बिषक्क्त खानाका कारण समस्या भएको बताएका थिए । यता नास्तामा किरा फेला परेको जानकारी पाएपछि जिल्ला प्रशासन कार्यलय सिरहाले पसल अनुगमन गरेको छ । अनुगमनकाे क्रममा अखाद्य बस्तु बिक्री बितरण गर्ने पसल संनचालक सँग बयान लिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिनु भयो । प्रमुख जिल्ला अधिकारी कवारीले बिरामी परेको भन्ने कुरा बिभिन्न संचार माध्यमबाट जानकारी पाएको पिडितले उजुरी दिए उजुरीका आधारमा कार्बाही प्रकृया अगाडी बढाउने बताउनु भयो । साथै अनुगमनलाई निरन्तरता दिने जनाउनु भयो ।