शिव कुमार शाह,
लहान, १२ असार ।
सिरहाको गापा लक्ष्मीपुर पतारी वडा नं ६ सितापुरको स्वास्थ्य चौकीमा एक दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविरको उदघाटन प्रमुख अतिथि गापा अध्यक्ष चतुरानन्द ठाकुरले पानसमा वती वालेर गर्नु भएको थियो भने अतिथिमा उपाध्यक्ष अमरकला यादव,भूपू गाविस अध्यक्ष देव नारायण साह,नेपाली काँग्रेसको प्रदेश सदस्य शितल यादव,प्रादेशिक अनुसन्धान तालिम केन्द्रको डा मिथलेष कुमार सिंह गापा आयुर्वेद शाखा प्रमुख धनिकलाल यादव लगायतको स्वास्थ्य कर्मिहरुको उपस्थिति रहेको थियोे ।
शिविरमा गापाको आयुर्वेद शाखा प्रमुख धनिकलाल यादवले निशुल्क शिविरमा पेटको रोग,छाती रोग, स्त्रीरोग लिकोरिया,बाझोपन,छाला रोग,बाल रोग,वात रोग, वातरस, गठिया,लकवा,नाक,कान,घाँटी ,मधुमेह,चिनी रोग, बाबासिर, भगेन्दर, उच्च रक्त चाप,जण्डिस,धातु रोग, अम्लपित,स्वास रोग, दम, खोकी, हृदय रोग,नयाँ एवं पुरानो नसर्ने रोगहरु,दक्ष तथा अनुभवी आयुर्वेद चिकित्सकहरुद्वारा उपचार तथा सल्लाहका लागि यो शिविरको आयोजना गरेको जनाउनु भयो ।
शिविरमा गापा अध्यक्ष ठाकुरले यो प्रविधि चिकित्सा शास्त्रको जरा रहेकोले यसको प्रचार प्रसारमा जोड दिनु पर्छ । साथै यसलाई प्रभावकारी बनाउन रतिभर पछि नहटने जनाउनु भयो । भूपू गाविस अध्यक्ष देवनारायण साह,नेपाली काँग्रेस को प्रदेश कमिटी सदस्य शितल यादवले आयुर्वेद यसलाई प्रभावकारी बनाउन हरेक वाडामा यसको निरन्तरता दिदै निशुल्क रुपमा सेवा दिनुपर्नेमा जोड दिनुभयो । शिविरमा करिव ४७५ जनाले उपचार गराएर घर फर्किएका छन् ।