शिव कुमार साह
लहान, ११ जेष्ठ ।
पुष २२ करिव करोडौंको लागतमा १२५ फिट लम्बाई र ६५ फिट चौडाई भएको पतंजली योग आर्यूवेद आश्रम लहान ४ मा नव निर्मित सुविधा सम्पन्न भवनको उद्घाटन २०७८ पुष २१ गते बुधबारको दिन प्रदेश नं २ को समान्य प्रशासन मन्त्री नवल किशोर साहद्वारा हिन्दु परम्परा अनुसार गायत्री मन्त्रद्वार होम जाप गरेर विधिपुर्वक पानसमा दियो वालेर समुद्घाटन गरेको थियोे ।
उद्घाटन कार्यक्रममा पतंजली योग आर्यूवेद आश्रमको जिल्ला अध्यक्ष डा.विपी चौधरी,लहान नगरपालिकाको मेयर मुनि साह, सिरहाको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी लगायत सुर्क्षाको प्रमुख निकायहरु लहान नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत खेमनन्दन भुसाल,पतंजली योग समिति प्रदेश नं २ को प्रभारी हरिहर चौधरी,पतंजली यूवा नेपालको राष्ट्रिय संयोजक योग गुरु लोक नाथ खनाल,प्रदेश नं १ को प्रभारी मिस्टर चौधरी लगायतको योग गुरुहरु विधि पुर्वक अग्नि प्रज्वलीतगरि मिथिला पाग लगाएर होममा सहभागी भएको थियो ।
कार्यक्रममा लाईन्स कल्व लहान फुलवारीको अध्यक्ष राकेश झा,उपा अध्यक्ष शंकरप्रसाद गुप्ता, प्यावब्सन प्रदेश नं २ को अध्यक्ष मुरारी प्रसाद साह,नेकपा माओवादी लनपा नगर अध्यक्ष तथा वाडा नं २१ को वडा अध्यक्ष हेमन्त यादव, वडा नं ७ को वडा अध्यक्ष राकेश रोशन गुप्ता, ललकु मावि लहानको विधालय ब्यवस्थापन समितिको अध्यक्ष राम नारायण महतो,नेपाल पत्रकार महाँसघ सिरहाको अध्यक्ष मनोज बनैता पतंजली सिरहाको मिडिया प्रभारी शिव कुमार साह,पत्रकार जिवछ यादव उदासी,महेश सिंह योगी श्याम प्रसाद साह, अशोक स्वर्णकार,श्याम प्रसाद गुप्ता लगायत विभिन्न जिल्लाका दर्जनौं योग गुरुहरु अतिथिको रुपमा सहभागि भएको थियोे ।
नव निर्मित योग भवनमा विहिवारदेखि योगी लोक नाथ खनालद्वरा निशुल्क एक सत्ता सम्म विहान ६ वजे देखि रोग अनुसारको योग गराएर एक गिलास निशुल्क कढा दिनेगरेको कुरा समितिको जिल्ला अध्यक्ष डा. विपी चाधरीले जानकारी दिनुभएको छ ।साथै कार्यक्रममा सबैले योगको महत्त्व वरेमा प्रकाश पार्नु भएको थियोे । साथै यो भवनलाई प्रदेश नं २ को नमुना योग भवन बनाउनमा सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।