शिव कुमार साह, लहान पुष ९ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रकाे लहान नगर समितीको प्रथम अधिवेशनवाट शुक्रबार लहान नगर पालिका वाडा नं २१ काे वडा अध्यक्ष हेमन्त कुमार यादव अध्यक्षमा निर्वाचित भएको छ। नगर सम्मेलन खड्ग नारायण चौधरीको अध्यक्षतामा सम्पन भएको थियो ।
लहानकाे प्रथम सम्मेलनबाट अध्यक्षमा यूवा नेता हेमन्त कुमार यादव निर्वाचनवाट विजय भएको छ भने सहमतिबाट उपाध्यक्षहरू दशमी लाल चौधरी, सुधा यादव, फुलगेन सिंह, सचिव उमेश प्रसाद साह, सह सचिव शैलेनदर यादव, कोषाध्यक्ष जलस देवी दास लगायत 65 जनाकाे समिति चयन भएको छ। अध्यक्ष पदका लागी माओवादी केन्द्रकाे नेता बिजय कुमार गुप्ता र यूवा नेता हेमन्त कुमार यादवले लहान नगरकाे अध्यक्ष पदका लागी उम्मेद्बारी दिएका थिए। उक्त मतदानबाट हेमन्त यादवले १०० मत ल्याएको थियो भने प्रतिद्वन्दी बिजय गुप्ताले ९३ मत ल्याएका थिए। नेता हेमन्त यादवले प्रतिद्वन्दी बिजय गुप्ता भन्दा ७ मत बढी ल्याई निर्वाचित भएका छन्। नव निर्वाचित अध्यक्ष यादवले लहानमा माओवादी केन्द्रले लाेक कल्याणकाे लागि निरन्तर अगाडि बड्ने जनाउनु भयो । आफू ईमानदारीतासाथ पार्टीले दिएको जिम्मेवारी निभाएकाे कारण यसठाउँमा निर्वाचित भएकाे छु । आउने दिनमा थप जिम्मेवारीका साथ काम गर्ने जनाउनु भयाे ।