आर एन मेहता राजविराज , भदौ १ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (SEE) को आन्तरिक मूल्यांकनको नतिजा सोमबार सार्वजनिक गरेको छ। आज २०७७ /०५/०१ गते बसेको बोर्ड बैठकले लकडाउनमा रोकिएको एसइई परीक्षाको नतिजा सार्वजनिक गरेको हो। विद्यालयले मूल्यांकन गरेर पठाएको योग्य विद्यार्थीको नतिजालाई रुजु गरेर बोर्डले सार्वजनिक गरेको हो। परीक्षामा सहभागी हुन ४ लाख ८२ हजार ९ सय ८६ जनाले फाराम भरेका मध्ये ४ लाख ७२ हजार ७८ जनाको नतिजा मात्रै प्रमाणीकरण गरिएको छ। SEE नतिजा प्राप्त गर्नका लागि गत विगत झैँ सेवाप्रदायक संस्थाहरुको कोड प्रयोग गरि सेवा लिन सकिने छ । टेलिफोन (IVR) नेपाल टेलिकमको १६०० डायल गरी प्राप्तहुने निर्देशन बमोजिम नतिजा सुन्न सकिनेछ । एसएमएस (SMS) इजी सर्भिस प्रा.लि.को कोड नं.३४९४९, एनसेल प्रा.लि.को कोड नं.१६०० र नेपाल टेलिकमको कोड नं.१६०० मा एसएमएस गरी नतिजा प्राप्त गर्न सकिनेछ । त्यसै गरि तपशिलका wesite पनि प्रयोग गरि नतिजाको जानकारी प्राप्त गर्न सकिन्छ । १ . www.see.gov.np २ . www.neb.gov.np ३ . www.doe.gov.np ४ . www.see.ntc.net.np ५ . www.see.edusanjal.com ६ . www.ncell.axiata.com.np ७ . www.ekantipur.com.np ८ . www.nepaltvonline.com साथै विद्यार्थीहरुको नतिजा स्थगित भएमा वा नाम ,थर तथा जन्ममितिमा त्रुटी भएमा समबन्धित विद्यालयको सिफारिससहित आजको मितिले ३५ दिन भित्र समबन्धित शिक्षा विकास तथा समन्वय इकाइमा निवेदन दिनु पर्ने छ । नतिजा प्रमाणीकरण पश्चात पुनर्योग तथा पुरक ग्रेडवृद्धि परिक्षा को ब्यबस्था यस वर्ष न भएको जानकारी गराइएको छ ।