भुपदेव माली श्रावण 25, राजविराज
सप्तरीमा निषेधाज्ञा पुनः आठ दिनका लागि थपिएको छ। जिल्ला सुरक्षा समितिको 25 गते बसेको संयुक्त बैठकको निर्णय अनुसार 27 गते देखि भदौ २ गते राति 11 बजेसम्मका ला गि पुनः सो निषेधाज्ञा जारी गरिएको हो।
जिल्लामा कोविड-19 संक़मणको अवस्थामा ब्यापक बृद्धि एवं जोखिम निक्षेपको आधारमा स्थानीय प्रशासन ऐन 2028 को दफा6(3) र संक्रामक रोग ऐन 2020 को दफा 2 बमोजिम जिल्ला सुरक्षा समितिको मिति 2077/04/19 गते भएको निर्णय अनुसार 20 गते विहान देखि 26 गते साँझ 5 बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको थियो। 25 गतेसम्म स्थितिमा खासै सुधार नआउनाले भदौ २ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले एक सूचना मार्फत जनाएको छ।