सन्तानको चाहना सबैलाई हुन्छन्। किनभने ’बुढेसकालमा सन्तान नै हात खुट्टा भएर सहारा हुन्छन्’, बाबुआमाले यस्तै सोच– भावनाका कारण असाध्य माया गर्छन् सन्तानलाई। अनि
’यी छोराछोरी बढ्लान् कमाई गर्लान्,
मिठो मिठो खाना देलान् मलाई’
बुढाबुढी भइसकेका आमाबुवाबाट अपेक्षा गर्ने गरिन्छन् सामान्यतः यस्तै यस्तै चाहनाले बांच्ने गर्दछन् बृद्धवृद्धाहरु। तर हाम्रो नेपालमा कति प्रतिशत सन्तानले आआफ्नो बाआमालाई बुढेसकालको हात खुट्टा बनेर सहारा होलान् ? त कति प्रतिशत छोराछोरीले बुढेसकालमा बाबाआमालाई वृद्धाश्रम पठाएका होलान् भने कुरा मनन गर्ने दिन हो आज। किनभने आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस हो। अर्थात् वृद्ध भइसकेका बाउआमालाई सम्झने दिन हो।
यस दिवसको पृष्ठभूमि हेर्दा
१४ डिसेम्बर १९९० मा, संयुक्त राष्ट्र महासभाले १ अक्टोबरलाई वृद्ध व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस तोकेको हो । यो पहिले उमेर सम्बन्धी भियना इन्टरनेशनल प्लान अफ एक्सन जस्ता पहलहरू द्वारा गरिएको थियो ( जसलाई विश्व एसेम्बली अन एजिंगले अपनाएको थियो ) र त्यस वर्ष पछि संयुक्त राष्ट्र महासभाले हरेक वर्ष अक्टोबर १ लाई वृद्ध व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस का रूपमा अनुमोदन ग¥यो।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस भव्य रूपले मनाउ। किनभने भरै हामी पनि त्यही अवस्थामा पुग्छौं।