शुभ नारायण यादव,
राजविराज ०७ पौष ।
सप्तरीको छिन्नमस्ता गाउपालिकामा थप तीन महिनाको लागि सहज परियोजना सन्चालन हुने भएको छ । परियोजनाका कार्यक्रम अधिकृत रामभरोसी महतोले एक कार्यक्रमका बिच सो कुराको बताउनु भएको हो । उहाँका अनुसार छिन्नमस्ता गाउपालिकामा यस अघि सो परियोजनाको विगत २० महिना देखि विभिन्न कार्यक्रमहरु सन्चालन गरिएको थियो । लैङगिक हिसा उन्मुख संकटलाई सम्बोधन गर्ने ,हानिकारक सामाजिक तथा लैङगिक मान्यतामा रुपान्तरण ,न्यायको पहँुचमा अभिवृद्धि तथा समुदाय र प्रहरी बिचको सम्बन्ध सुधार गर्ने लक्ष्यका साथ सन्चालित समग्र लैङ्गिक उतरदायी तथा जवाफदेही न्यायमा पहुच सुदृढीकरण परियोजना सहज अन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएको परियोजना अधिकृत महतोले जानकारी दिनुभयो । जसमा सुरक्षा र लैङ्गिक हिसाको अवस्था विश्लेषण विषयक बैठक ,सामुदायिक अलपत्रमा आधारित सम्वाद कार्यक्रम ,सुरक्षा र न्यायको सेवा प्रवाहलाइ थप प्रभावकारी बनाउन सामग्री सहयोग लगायतका कार्यक्रमहरु सम्पन्न भएको थियो । यस्तै द्वन्द संवेदनशीलता विषयक २ दिने कार्यशाला ,परियोजना सल््लाहकार समितिको बैठक ,परिवेश विश्लेषण अनुसन्धान ,सासु बुहारी सम्वाद ,कोभिडसँग सम्बन्धित विभिन्न पर्चा पम्पलेटहरु वितरण ,विघार्थी प्रहरी कार्यालय भ्रमण र प्रहरी सग अन्तर क्रिया ,धार्मिक अगुवासग सम्वाद लगायतका कार्यक्रमहरु सन्चालन गरिएको थियो । यसेगरी तीन महिनाको लागि प्रेषण प्रणाली कार्यविधि तथा लैङ्गिक हिंसा निवारण कोष बारे अभिमुखिकरण ,पालिकाको बेवसाइटमा सुरक्षा र न्याय सम्बन्धि थप पेज निर्माण गर्नृका लागि सहकार्य गर्ने र सुरक्षा र न्यायका सेवा प्रदायकहरुको नक्शाकन तथा फ्लेक्स प्रिन्ट लगायतका कार्यक्रमहरु गर्ने परियोजनाले जनाएको छ । उक्त कार्यकममा छिन्नमस्ता गाउपालिकाकी उपाध्यक्ष उषा कुमारी मण्डल ,वडा न–१ का वडाअध्यक्ष बिनोद कुमार यादव ,वडा न.२ का अध्यक्ष चुनचुन साह ,३ का वडाअध्यक्ष दिपेन्द्र यादव ,युवा पत्रकार शुभ नारायण यादव ,इलाका प्रहरी कार्यालय सखडाका प्रमुख प्र.ना.नी बिन्देश्वर यादव लगायतकाहरुले आ आफ्नो धारणा राख्नुभएको थियो ।