श्यामसुन्दर यादव
चैत्र २५ गते/ सप्तरी।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाको कविलासा माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिका लागि सनिवार चुनाव सम्पन्न भएको छ।
दुई प्यानल माछा र फूल चिन्ह बाट भएको मतदानमा फूल छापका उम्मेदवारहरु प्यानल सहित विजय हासिल गरेका हुन्।
जम्मा मत १८२ रहेको मध्ये १७४ मतदान भएको थियो।जस मध्ये फूल छापका उम्मेदवारहरु झमेली संतले ९५, किशोर कुमार साहले ८९, रामसती कुमारी साह ९३ र ममता कुमारी सदाले ९२ मत प्राप्त गरी विजयी भएका छन्।
यसरी नै प्रतिद्वन्द्वी माछा छापका उम्मेदवारहरु संतोष कुमार चौधरी ४७, रामाकान्त चौधरी ५३, सुनैना कुमारी चौधरी ५२ र रंजना कुमारी सदाले ४८ मत मात्र प्राप्त गरेका थिए।
सम्पन्न मतदान गर्न नगरपालिका का शिक्षा अधिकृत कृष्ण कुमार यादव नेतृत्वमा विद्यालयका प्रधानाध्यापक कुमरलाल राय, बनौला माविका प्रधानाध्यापक सुरेशकुमार यादव,रामेन्द्र यादव र तरही माविका प्रधानाध्यापक राजकुमार झा निर्वाचन आयोग ( समिति) मा रहेका थिए।