श्यामसुन्दर यादव
राजविराज, १४ पौष ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर–२, हरिरहा– बसन्तपुरको मुस्लिम टोलमा आगलागी हुँदा २ थान घर साढे तिन लाखको हाराहारीमा सम्पत्ति डहेर नस्ट भएको छ।
गए बुधबार राति स्थानिय हकीम मियाको गोठमा रहेको घुरबाट आगो सल्केर घरमा समेत आगो लागेर गोठ घर र आश्रम घर सहित लगभग साढे तीन लाखको हाराहारीमा सम्पत्ति डहेर नष्ट भएको हो।
गोठ घरमा रहेको एकथान गोरु, दुईथान बाख्रा, एकथान टायर गांडा र एक थान साईकल सहित काठका चिरानहरु जलेर नष्ट भएका छन् भने आश्रम घरमा भएको धान, गहुँ ,चावल लुगा– फाटाहरु जलेर नष्ट भएको छ। जम्मा साढे तीनलाख बराबरको सर – समानहरु जलेर नष्ट भएको स्थानीयहरूले आकलन गरेका छन् ।राति आगो सल्किँदा स्थानियहरु मिलेर सो आगोलाई नियन्त्रणमा लिएको थियो।